बन डढेलो नियन्त्रण अभियान सन्चालन
बिदुर – सुख्खायामको सुरुवातसंगै नुवाकोटमा वन डढेलो नियन्त्रण अभियान सन्चालन गरिएको छ । विभिन्न सामुदायिक वनमा अग्निरेखासमेत निर्माण गरिएको छ ।वनडढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यक्रम अन्र्तगत अग्निरेखा निर्माण कार्यलाई डिभिजन वन कार्यालयले अगाडि वढाएको जनाएको छ ।

सामुदायिक वन उपभोक्ता समूहकोसहभागितामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन अन्तर्गत अग्निरेखा निर्माण कार्यहरु गरिएको डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माले वताए । उनका अनुसार यसवाट सुख्खायाममा वन डढेला भई जनधन र वनको क्षति कम हुने अपेक्षा गरिएको छ । बेलकोटगढी नगरपालिका ७ स्थित शिलादेवि सामुदायिक वनमा दुई सय मिटर लम्बाईको अग्निरेखा, विदुर नपा ८ स्थित माझिगाँउ वनमा दुईहजार पांचसय मिटर लामो. अग्निरेखा निर्माण, पञ्चकन्या गाउंपालिका ५ स्थित नारुनदेवी वनमा दुइसय मिटर लामो अग्निरेखा निर्माण गरिएको छ ।

यसका साथै पञ्चकन्या गापा १ स्थित वनदेवीकाली वनमा पांचसय मिटर लामो अग्निरेखा निर्माण, म्यागङ गापा ३ स्थित महादेवस्थान वनमा दुईसय ५० मिटर लामो अग्निरेखा निर्माण गरिएको कार्यालय प्रमुख शर्माले वताए । सम्वन्धित सामुदायिक वन र सव डिभिजनको लागत सहभागितामा अग्निरेखा निर्माण तथा मर्मत गरिएको हो ।
यसका साथै तारकेश्वर गापा २ स्थित सिक्रेघर्ती भञ्ज्याङ सामुदायिक वनमा नौसय मिटर लम्बाइ, विदुर नपा ७ स्थित बासपानी सामुदायिक वनमा कुल एकहजार पांचसय मिटर लम्वाई, विदुर नपा ३ स्थित पञ्चकन्या सामुदायिक वनमा कुल तीन किलोमिटर लम्बाईको अग्नीरेखा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयले वन डढेलो नियन्त्रणका लागि आवस्यक सामग्रीका साथै विभिन्न सुरक्षा निकाय, विभिन्न पालिकाहरुबाट डढेलो फोकल पर्सन, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु, फेकोफन तथा सरोकारवालाहरुलाई सचेतनासमेत प्रदान गरिसकेको वन अधिकृत कमल घिमिरेले जानकारी दिए ।
















































