नुवाकोट क्याम्पसमा नयां क्याम्पस प्रमुख

– लिम्वुलाई कामुको जिम्मेवारी
लोकखबर
२०८२ चैत्र १९, बिहीबार ०१:५६

बिदुर – चार दशक पुरानो नुवाकोटको बट्टारस्थित नुवाकोट आदर्श वहुमुखि क्याम्पसमा नयां क्याम्पस प्रमुख चुनिएका छन् । उक्त क्याम्पस २०४२ साल फागुन १२ गते स्थापना भएको हो ।

क्याम्पस सन्चालक समितिले सोही क्याम्पसमा उपप्रध्यापक रहेका गोविन्दप्रसाद लिम्वुलाई कामु क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले लिम्वुलाई कामु क्याम्पस प्रमुख चुनिएका लिम्वुलाई वुधवार नियुक्ती पत्र प्रदान गरेका छन् ।

सोही क्याम्पसमा २०६४ सालदेखि अंग्रेजी शिक्षा विषय प्राध्यापनरत लिम्वुलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु क्याम्पस प्रमुखका रुपमा नियुक्त गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।  लिम्वुको शैक्षिक योग्यता  एमए एमएड रहेका छ भने एमफिल विद्यावारिधी अध्ययनरत शोद्यार्थीसमेत हुन् ।


सर्वाधिक रुचाइएको