‘नेपाली सेनासंग एक दिन’ कार्यक्रम

– सेनाको सेवा तथा कार्य सम्वन्धि जानकारी
लोकखबर
२०८२ चैत्र २९, आईतवार ००:०८

बिदुर – नेपाली सेनाको सेवा तथा कार्य सम्वन्धि आम जनमानसमा जानकारी दिने उद्धेश्यले नुवाकोटमा ‘नेपाली सेनासंग एक दिन’ कार्यक्रम गरिएको छ । यसवाट आम सर्वसाधारण तथा विद्यार्थीले उक्त जानकारी प्राप्त गरेका छन् । सेनाको वहादुर श्रीशेर गण नुवाकोटले सेनाले प्रदान गरिरहेको सेवा अन्र्तगत नयां कार्यको थालनीको क्रममा उक्त ‘नेपाली सेनासंग एक दिन’ कार्यक्रम शनिवार भैरवी मन्दिर परिसर नुवाकोटमा गरेको हो ।

कार्यक्रममा सर्वसाधारण, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको प्रमुख आत्थियता गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नेपाली सेनाले सामाजिक सेवा तथा विपदका समयमा विशेष कार्य गरिरहेको र यसको अन्र्तराष्ट्रियस्तरमै ख्याती पुगिसकेको वताए । उनले सेनाको सेना तथा कार्य नेपाली जनताका लागि सहयोगसिद्ध रहेको पनि वताए ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले नेपाली सेनाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराई गरिएको यस प्रकारको कामर्यक्रममा सेनाको सकारात्मक भुमिका र विपदका कार्यका सम्वन्धमा जानकारी पाएको वताए । सेनाले दिदै आएको सेवा तथा कार्य सञ्चालनको सम्बन्धमा जानकारी दिएर विद्यार्थीलाई नेपाली सेनासंगको सद्भाव बृद्धिको लागी आयोजित कार्यक्रममा चारवटै सुरक्षा निकायका जिल्लास्थित प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनीलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यस कार्यक्रमले युवापुस्तामा अनुशासन, राष्ट्रप्रेम र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । नेपाली सेनाले सञ्चालन गरेका सकारात्मक कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि हुनुका साथै सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्य अझ मजबुत हुने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई नेपाली सेनाको कार्यशैली, जिम्मेवारी तथा सेवा प्रणालीबारे जानकारी गराउँदै उनीहरूमा सेनाप्रति सहयोग अभिवृद्धि गर्ने लक्ष्य रहेको छ । वहादुर श्रीशेर गण नुवाकोटका गणपति प्रमुख सेनानी आविष्कार ढुङ्गानाका अनुसार यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, राष्ट्रप्रेम र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।


सर्वाधिक रुचाइएको