रास्वपा तारकेश्वरको अधिवेसन
बिदुर – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटमा स्थानीय तहहरुको अधिवेसन गरिरहेको छ । जसअन्र्तगत पछिल्लो पटक तारकेश्वर गाउँपालिकाको प्रथम अधिवेशन समपन्न भएको छ । अधिवेसनबाट सभापतिमा इश्वर अर्याल निर्विरोध रुपमा चुनिएका छन् ।

आगामी पांच वर्षे कार्यकालका लागि उपसभापतिमा प्रेमवहादुर वस्ती, सचिवमा केशव अधिकारी, सहसचिवमा थमनारायाण श्रेष्ठ चुनिएका छन् । अधिवेसनले चयन गरेका सदस्यहरुमा जनकप्रसाद सिग्देल, कुमार तामाङ, अनिषा पौडेलअधिकारी, सुलोचना सुनार र सन्सरी गुरुङ चउन भएको रास्वपा तारकेश्वरले जनाएको छ । यसअघि, उक्त अधिवेसनको प्रतिनिधि सभा सदस्य तथा रास्वपा बागमती प्रदेश समितिका सभापति डा. अचुतम लामिछानेले उद्घाटन गरेका हुन् ।

उनले रास्वपालाई अव जनपक्षिय दलको रुपमा स्थापित गर्ने योजना रहेकोसमेत वताए । सांसद लामिछानेले एक वर्षभित्र हुन्े स्थानीय तह सदस्य निर्वाचनको तयारीस्वरूप सर्वसम्मत चुनिएको नयाँ कार्यसमितिलाई ेसंगठन विस्तारमा क्रियाशील हुन आग्रह गरे । उनले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै संगठन निर्माण र जनसम्पर्क विस्तारमा जोड दिए ।

कार्यक्रममा आफुले संगठनलाई चलायमान वनाई जनताको पक्षमा कार्य नवनिर्वाचित सभापति इश्वर अर्यालले वताए । अर्यालले संगठन विस्तार, जनसम्पर्क वृद्धि र आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सहभागीहरूले सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्य समितिले पार्टीलाई स्थानीय तहमा मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
यसअघि, रास्वपाले नुवाकोटको बिदुर, बेलकोटगढी नगरपालिका, म्यागङ गापामा अधिवेसन गरिसकेको छ । वांकी आठ वटा स्थानीय तहका साथै जिल्ला अधिवेसनकोसमेत उक्त दलले तयारी सुरु गरेको छ ।











































