जनताको सेवा सन्चालनमा ढिलाई नगर्नुसः सन्चारमन्त्रि डा. तिमिल्सिना
बिदुर – जनताका लागि काम गर्दा कुनै पनि ढिलाई गर्न नहुने सन्चार तथा सूचना प्रविधिमन्त्रि डा. विक्रम तिमिल्सिनाले वताएका छन् । कर्मचारी संयन्त्रले पनि अव जनताको भावना अनुसार कार्य गर्नु पर्ने उनले आग्रह गरे । मन्त्रि भएपछि पहिलो पटक गृह जिल्ला नुवाकोट आइपुगेका मन्त्रि डा. तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा कर्मचारीलार्य सेवा प्रवाहमा ढिलाई सह्य छैन, गर्व लाग्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

उनले कसैलाई पनि भ्रमको पछि नलाडि जनताको पक्षमा कार्य गर्न निर्देशन दिएका हुन् । मन्त्री डा. तिमिल्सिनाले अन्र्तक्रिया गर्दै कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउने बेला आएकोसमेत वताए । उनले सेवा प्रवाहमा ढिलाइ, गैरजिम्मेवारी र बहाना अब सह्य नहुने स्पष्ट पारे ।

जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि आफू बदलिएर साथ दिनुपर्ने उनको भनाई थियो । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको मन्त्रि डा. तिमिल्सिनाले स्पष्ट पारे । जनता निराश रहेका वेला उनीहरुलाई प्रभावकारी र विस्वसनीय सेवा दिन उनले कर्मचारीहरुलाई आग्रह गरे ।

यो वा त्यो वहानामा अव जनतालाई दुःख नदिन पनि उनले निर्देशन दिए । उनले डिजिटल गभर्नेन्स सिष्टमलाई अगाडि वढाइनेसमेत वताए । कार्यक्रममा नुवाकोट–२ का सांसद डा. अचुतम लामिछानेले कार्यालय प्रमुखहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै नुवाकोटलाई “शून्य बेरुजु जिल्ला” बनाउने लक्ष्य राख्नुपर्ने बताए ।

उनले सबै नागरिकलाई समान पहुँच र अवसर सुनिश्चित गर्न तथा राजनीतिक आधारमा कुनै विभेद नगर्न निर्देशन दिए । जनता एउटा कामका लागि दिनहु कार्यालय धाउनु पर्ने अवस्थाको अव अन्त्य हुनुपर्नेसमेत वताए । मन्त्रिसंगको अन्र्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा जिल्लाका विकास आयोजनाको अवस्थाबारे पनि मन्त्री र सांसदले जानकारी लिएका थिए ।






















































