भन्सार छलिको लाखौंको सामान वरामद

– लापसे सेवन गरेका तीन चालक पक्राउ
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख १६, बुधबार २३:५८

बिदुर – नुवाकोटको छिमेकी रसुवामा भन्सार छलि गरिएको लाखौं रुपैया वरावरको सामान प्रहरीले वरामद गरेको छ । लापसे सेवन गरि सवारी चलाएको अभियोगमा तीन जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कारवाहीका क्रममा पासाङल्हामु सडकमार्गको विभिन्न स्थानवाट प्रहरीले भन्सार छलिएको १४ लाख रुपैया वरावरको विभिन्न सामग्रीहरु नियन्त्रण्ढामा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरीले विल विजक नभएको, भन्सार छलि ल्याएको १३ लाख ९४ हजार तीनसय रुपैया वरावरको लत्ताकपडा तथा चिनीया खाद्य तथा पेय पदार्थहरु नियन्त्रणमा लिई आवस्यक कारवाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा वुझाइएको प्रहरी निरीक्षक रमेश रायले जानकारी दिए । यसैवीच, लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको जनाउंदै प्हरीले नुवाकोटका दुई जनासहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा राखेर अदालतवाट अनुसन्धानका लागि म्याद लिइएको छ ।

गोसाइकुण्ड गापा ६ धुन्चेवजारमा परिक्षणका क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढीका दुई जनासहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रमेश रायले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा बेलकोटगढी ६ का ना५ख ६२२२ का कन्टेनर चालक ३८ वर्षिय इश्वर नेपाल, सोही नपा ५ का ग२ख १५६५ का कन्टेनर चालक ४० वर्षिय ठाकुर अधिकारी र सिन्धुपाल्चोकको वलेफी गापा ६ का को१ख ४८४९ का कन्टेनर चालक ५२ वर्षिय सिंह कार्की रहेका छन् ।

उनीहरुलाई लागू औषध सम्वन्धि कसुरमा रसुवा अदालतवाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिइएको प्रहरीले जनाएको छ । सुरक्षा निकायले सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागू पदार्थ सेवन नगर्न सबै चालक, यातायातकर्मीहरुलाई आग्रह गरेको छ ।

 


सर्वाधिक रुचाइएको