श्रष्टाहरु सम्मानित, कविता संग्रह विमोचित

– देउडा गायक जोशीद्वारा सम्मान
लोकखबर
२०८३ बैशाख २०, आईतवार ००:०५

बिदुर – नुवाकोटको बिदुरमा श्रष्टाहरु सम्मानित भएका छन् । कविता संग्रहसमेत विमोचित गरिएको छ । साहित्य संगम नुवाकोटद्वारा प्रकाशित हुँदै आएको “संगम “ साहित्यिक पत्रिकाको नयाँ अंक तथा सुमित्रा सुमीको कविता सङ्ग्रह “कलेजी बर्को“ को विमोचन गरिएको हो ।

साथै साहित्य संगम नुवाकोटको वार्षिकोत्सव, संस्थाको आजीवन सदस्यता वितरण, स्रष्टा सम्मान तथा पुरस्कार प्रदान एवम् काव्य गोष्ठी शनिवार गरिएको हो । साहित्य संगम नुवाकोटको कार्यसमितिले गरेको निर्णय अनुसार प्रत्येक वार्षिकोत्सवमा प्रदान गरिदै आएको विभिन्न पुरस्कार तथा संगम साहित्य सम्मान–पुरस्कारबाट विभिन्न स्रष्टा तथा कृतिलाई पुरस्कृत तथा सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रसिद्ध देउडा गायक नन्दकृष्ण जोशीले श्रष्टा सम्मानित तथा पुरस्कृतका साथै कविता संग्रहको विमोचन गरेका हुन् ।

कार्यक्रममा “धनकुमारी तामाङ रत्न पुरस्कार तथा संगम साहित्य सम्मान“ लोकनाथ खराल (नवलपरासी), सरस्वती पौडेल / ऋषिराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मान“ कल्पना काफ्ले (धनकुटा), “स्व.भवानी अधिकारी स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान मन्दिरा चापागाईं (संखुवासभा)लाई प्रदान गरिएको हो ।यसका साथै “स्व. पद्मकुमारी चापागाईं स्मृती पुरस्कार एवम् संगम साहित्य सम्मान“ शशीश्री आचार्य (काठमाडौं), “स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान “ सुशील आचार्य (रसुवा), “स्व. ईमानसिंह गुरुङ स्मृती पुरस्कार एवम् संगम साहित्य सम्मान “ दलबीरसिंह बरायली ’घायल’ (रामेछाप), र “उत्कृष्ट कृति वर्ष पुरस्कार एवम् संगम साहित्य सम्मान “ चुनावी सेरोफेरो (लघुकथा सङ्ग्रह –२०८२) महेन्द्र नेउपाने (झापा, हाल ः भक्तपुर) लाई प्रदान गरिएको हो ।

साथै “सुसन्देश पुरस्कार तथा संगम साहित्य सम्मान“ अमरकृष्ण चन्द (काभ्रेपलान्चोक), “संगम साहित्य पुरस्कार तथा सम्मान“ केपी खतिवडा (नुवाकोट), “संगम साहित्य पुरस्कार तथा सम्मान लक्ष्मण सिटौला (नुवाकोट) र “नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान“ सदिक्षा भट्टराई (सूर्यगढी–५, नुवाकोट)लाई प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी गायक नन्दकृष्ण जोशीले श्रष्टाले सिर्जनालाई प्रवद्र्धन गरि मान जीवनमा सकारात्मक सोचको विकास गराउने वताए । साहित्यवाटै मानव जीवनमा सकारात्मक चेतनाको प्रार्दुभाव हुने उनले वताए ।

सुमित्रा सुमिको “कलेजी बर्को” आठौँ प्रकाशित कृति हो । यसअघि उनको “एक्लो कुसुम” (गजल सङ्ग्रह), “नदेखिएका स्वप्नहरू” (गजल सङ्ग्रह), र अन्य संयुक्त गजल र कविता सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । उनको रुचि कविता, गजल, हाइकु, मुक्तक, गीत र कथामा रहेको छ । उनी साहित्य संगम नुवाकोटकी अध्यक्षसमेत हुन् ।


सर्वाधिक रुचाइएको