विद्यार्थी घटेपछि विद्यालय मर्ज अभियान

दुई विद्यालय वन्द, ११ विद्यालय मर्ज
देवचन्द्र भट्ट
२०८३ बैशाख २२, मंगलवार ०१:१३

बिदुर – विद्यार्थी संख्या घटेपछि नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्या गाउपालिकाले विद्यालय मर्ज/समायोजन अभियान सन्चालन गरेको छ । उक्त गापामा विद्यार्थी नहुंदा दुई वटा विद्यालय वन्द भएका छन् । पन्चकन्या गापाले चालु शैक्षिक शत्र २०८३ मा सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको, कतिपय विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्युन रहेको तथा विद्यार्थीको विद्यालयसम्मको पहुंचलाई समेत तात्विक फरक नपर्ने ठहर गर्दै विद्यालय मर्ज/समायोजन गर्ने निर्णय गरेको हो ।

यसवाट राज्यश्रोतको मितव्ययी उपयोग, विद्यालयमा कक्षागत शिक्षक र कर्मचारीको पर्याप्ततासमेत वढाउन मद्धत पुग्ने भएकाले ११ विद्यालय मर्ज/समायोजन कार्य गरिने पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेशले जानकारी दिए । हाल विद्यार्थी नभएकाले पन्चकन्या २ को सन्सारीदेवी आधारभृत विद्यालय र पन्चकन्या ३ को सिंहदेवी आधारभुत विद्यालय वन्द भएको पन्चकन्या गापा शिक्षा शाखाले जनाएको छ । ति विद्यालयहरुसमेत औपचारिक रुपमा नजिकको विद्यालयमा गाभिने निर्णय गरिएको पन्चकन्या गापा विद्यालय समायोजन समितिले जनाएको छ ।

मर्ज/समायोजन हुने विद्यालयहरुमा सवै आधारभुत तहका रहेका छन् । यसरी मर्ज/समोजन हुने विद्यालयहरुमा पन्चकन्या १ को आंपचौर र वनदेवी आधारभुत विद्यालय, पन्चकन्या ३ को कमरदेवी वालविकास केन्द्र र कमरदेवी आवि, पन्चकन्या ३ कै क्षेत्रपाल वालविकास केन्द्र र क्षेत्रपाल आवि, पन्चकन्या ३ कै सप्तकन्या आवि, पन्चकन्या ३ कै देवकीधरम आविको कक्षा ६ देखि ८ लाई पन्चकन्या माविमा समायोजवन गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख धर्मराज रिमालले जानकारी दिए ।

उनका अनुसार मर्ज/समायोजन हुने अन्य विद्यालयहरुमा पन्चकन्या ४ को सुन्दरादेवी आवि र सुन्दरादेवी वाल विकास केन्द्र, पन्चकन्या ४ कै सुन्दरकन्या आवि र सुन्दरकन्या वाल विकास केन्द्र, पन्चन्या ४ कै गम्वोडांडा आविको ६ र ७ कक्षा मंगलादेवी माविमा समायोजन, पन्चकन्या ५ को भेडावारी माविलाई वच्छला माविमा समायोजन तथा पन्चकन्या ५ कै नवज्योति आवि वाल विकास केन्द्रलाई सुन्दरादेवी आविमा समायोजन गर्र्ने निर्णय गरिएको छ । मर्ज/समायोजन भएका विद्यालयहरुमा आगामी वर्षहरुमा विद्यार्थी संख्या वढ्न सक्ने भरपर्दो आधार देखिएमा गापाले पुनः थप विद्यालय र कक्षा थपको अनुमति दिइने जनाइएको छ ।


सर्वाधिक रुचाइएको