मझुवामा दुर्घटना
बिदुर – नुवाकोटको पश्चिमी भेगमा रहेको मझुवामा गाडी दुर्घटना भएको छ । एक जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि २० किलोमिटर पश्चिममा रहेको तारकेश्वर गाउँपालिका–६, मझुवामा मंगलवार बोलेरो गाडी दुर्घटनाग्रस्त भएको हो ।
बा१८च ८६३४ नम्बरको बोलेरो गाडी सडकबाट झण्डै २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गहुँ लोड गर्ने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैवीच, नुवाकोटको सूर्यगढीमा चट्याङ परेर एकघरमा क्षति भएको छ । चट्याङ परेर घरको विद्युतीय उपकरण तथा घरमा क्षति पुगेको छ । सुर्यगढी गाउपालिका–४ स्थित केराघारीमा चट्याङ लागेर स्थानीय एकघरमा क्षति भएको छ ।
चट्याङले स्थानीय राजु तामाङको घरमा क्षति पुगेको हो । चट्याङले घरको विद्युतीय संरचनाहरु तार, मिटरबक्स, बत्तिलगायतका विद्युतीय सामग्रीहरु जलेर क्षति भएको पीडितले वताए । पीडितको घरमा पुगेर उनले सम्वन्धित निकायवाट सहयोगको लागि अनुरोध गरेका छन् ।












































