औषधि पसलमा विशेष अनुगमन
बिदुर – गुनासो तथा उजुरी आएपछि नुवाकोटको औषधि पसलमा अनुगमन गरिएको छ । जनगुनासो आएपछि वुधवार समवन्धित निकायले बट्टारवजारको औषधि पसलमा अनुगमन गरेको हो ।
बिदुर नगरपालिका ४ वट्टारमा सञ्चालित दुई वटा औषधि पसलमा वित्रेष अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय र प्रहरीको संयुक्त टोलीले वट्टार पोलिक्लिनिक एण्ड डायग्नोष्टिक प्रालि र नुवाकोट मेडिसिन ट्रेडर्समा छड्के अनुगमन गरेको डिएसपि लामाले जानकारी दिए । उनका अनुसार दुवै औषपध पसलका सन्चालकसंग आवस्यक सोधपुछ गरिएको छ ।
जनगुनासो तथा उजुरी आएका कारण छड्के अनुगमन गरिएको जनाइएको छ । यस सम्बन्धमा स्वास्थ्य टोली र प्रहरीले अनुसन्धान गरिरहेको छ भने अन्य औषधि पसलमासमेत अनुगमन गरिने नुवाकोट प्रहरीले जनाएको छ ।











































