त्रिशूलीमा विशेषज्ञ उपचार

– दुई सय जनाले लिए सेवा
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ बैशाख २७, आईतवार ०१:५०

बिदुर – सर्वसाधारणको सुविधाका लागि नुवाकोटको त्रिशूलीमा विशेषज्ञ उपचार सेवा प्रदान गरिएको छ । दुई सय जनाले एकै दिन विभिन्न प्रकृतिको उपचार सेवा लिएका छन् ।

त्रिशूली अस्पताले सन्चालन गरेको छालारोग, नाक कान घाँटी र बालरोग सम्बन्धी विशेषज्ञ सेवा अन्तर्गत शनिवार एकैदिन एकसय ९७ जना बिरामीहरूले सेवा लिएर लाभान्वित भएको अध्यक्ष उपेन्द्र वुढाथोकीको भनाई छ । उनका अनुसार छालारोग, नाक–कान–घाँटी तथा बालरोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा अन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा उपचार, परिक्षण, परामर्श सेवा दिइएको हो ।

विशेषज्ञ चिकित्सकहरुले बिरामीहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य सेवा परामर्श तथा विशेषज्ञ उपचार सेवा प्रदान गरिएको हो । सेवाग्राही विरामीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त सेवाले समुदायस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न सहयोग पुगेको त्रिशूली अस्पतालले जनाएको छ ।


सर्वाधिक रुचाइएको