खरानीटार अस्पतालमा टेलिमेडिसिन सेवा
– हाडजोर्नी तथा नसा सम्वन्धि सेवा
बिदुर – सर्वसाधारणको स्वास्थ्य सेवाको प्रभावकारिताका लागि नुवाकोटको खरानीटार अस्पतालमा टेलिमेडिसिन सेवा सन्चालन भएको छ । हाडजोर्नी तथा नसा सम्वन्धि सेवा प्रदान गरिएको हो ।

त्रिशूली अस्पताल र खरानीटार आधारभूत अस्पतालबीच हाड जोर्नी तथा नसा रोग विशेषज्ञ सेवा टेलिमेडिसिन सेवा कार्यक्रमबाट बिरामीहरू लाभान्वित भएको त्रिशूली अस्पतालले जनाएको छ । त्रिशूली अस्पताल र खरानीटार अस्पतालबीच पहिलो पटक टेलिमेडिसिन सेवा सञ्चालन गरिएको हो ।

प्रविधिको प्रयोगसँगै गाउँमै बसेर नुवाकोटको पुर्वी भेगका सर्वसाधारणले विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा गाउंका बिरामीहरू निकै खुसी भएका छन् । यस सेवालाई अझै विशेष र प्रभावकारी रुपमा सन्चालन गरिने जनाइएको छ ।













































