क्याम्पसको जर्नल सार्वजनिक
बिदुर – स्नातकोत्तर तहसम्म पठनपाठन हुदै आएको नुवाकोटको पुरानो सामुदायिक क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसद्वारा प्रकाशित जर्नल सार्वजनिक गरिएको छ । यसअघि जर्नल वार्षिक रुपमा प्रकाशन हुँदै आएकोमा अर्धवार्षिक रुपमा प्रकाशन हुने क्याम्पसले जनाएको छ । त्रिभूवन विश्वविद्यालयका पूर्व सहायक डिन सहप्राध्यापक डा. विष्णु खनालले मंगलबार कार्यक्रमकावीच जर्नल सार्वजनिक गरेका हुन् ।
जर्नल सार्वजनिक गर्दै डा खनालले जर्नल प्रकाशनबाट क्याम्पसको गरिमा बढ्ने बताए । पियर रिभ्यु जर्नल नेपजोनमा दर्ता भएकोले अनलाइनबाट समेत पढ्न सकिने क्याम्पस प्रमुख गोविन्दप्रसाद लिम्बुले जानकारी दिए । जर्नलको सम्पादकमा सुकुमान डंगोल र सल्लाहकारमा क्याम्पस सञ्चालक सन्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठ रहेका छन् ।

जर्नलमा डा. कान्छी महर्जन, प्रा. डा. नारायणप्रसाद बेलबासे, डा श्रीराम खनाल, अम्बिका सापकोटा, माधबप्रसाद नेपाल, वर्षा लामिछाने, रितु लामिछाने, घनश्याम शर्मा, ममता शर्मा, नारायणमान डंगोल, सुकुमान डंगोल, चक्रवहादुर कार्की, निलकुमारी क्षेत्री, प्रकाश राई, पूर्णवहादुर सडौला, धर्मजंग थापा, पुरुषोत्तम अर्याल, रविराज पुरी, शिला लामा,सोमपप्रसाद निरौला, सरोज बोगटीलगायतका अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् । हाल प्रकाशित जर्नल भाग ६ हो भने सो जर्नलमा २ सय १४ पृष्ठ रहेको छ ।











































