विद्युत कर वढाउनु अनुचितः घिसिङ

– प्राकृतिक, धार्मिक र पर्यटकिय स्थलको उपभोगमा जोड
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ १८, सोमबार ००:५७

बिदुर – पुर्वमन्त्रि तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युतमा कर वढाउनु अनुचित रहेको वताएका छन् । यसले जनतालाई राहत नभई आहत दिएको उनले दावी गरे । नुवाकोटको विदुरमा आइतवार उज्यालो नेपाल पार्टी नुवाकोटको भेलाको उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङले सरकारले गरेको विद्युत महसुलमा कर वढाउने निर्णयले बिद्युत नभई डिजेल, पेट्रोलको मात्र वढि खपत हुने वताए ।

यसवाट सरकारको गतिविधि जनताको पक्षमा हुन नसकेको अध्यक्ष घिसिङले टिप्पणी गरे । घिसिङले स्वदेशी विद्युतको उपयोग, स्वच्छ हरित ऊर्जाको प्रवद्र्धन र आम उपभोक्ताको हितका लागि विद्युत उपभोक्तामाथि लगाइएको अतिरिक्त ५ प्रतिशत करले नेपालीको मासिक खर्च बढाउने बताएका छन् । उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग उनले जोडदार माग गरेका छन ।

अध्यक्ष घिसिङले नेपालको प्राकृतिक वस्तु, धार्मिक तथा पर्यटनको माध्यमवाट मात्रै देशमा परिवर्तन आउने वताए । परिवर्तनका नाममा सरकार र सत्तामा मात्रै पुग्ने प्रवृत्तिले देश समस्यामा जाने उनले वताए । देशमा धनी र गरिवीवीचको खाडल वढ्दै गएको अवस्थामा सरकारको यहि गतिविधिले गरिवी झनै वढ्ने अध्यक्ष घिसिङले वताए ।

सुशासन, सम्वृद्धि र सामाजिक न्यायका लागि आफु र आफ्नो दल क्रियाशील रहेको उनको भनाई छ । उनले सरकारले जनताले निर्भिकतापुर्वक वांच्न पाउंने अधिकारको संरक्षण गर्नुपर्नेसमेत वताए । सरकारको दुई महिनाको गतिविधिले देशले निकास पाउन नसक्ने घिसिङले दावी गरे ।

उनले विगतमा १२ दिन आफ्नो दल रास्वपासंग मिसिनु जीवनकै ठुलो भुल भएको दोहो¥याए । अव उज्यालो नेपाल पार्टी अनय दलसंग होइन, अन्य दल आफ्नो पार्टीमा मिल्ने अध्यक्ष घिसिङले दावी गरे । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेकोमा आपत्ति जनाउंदै घिसिङले उक्त निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत र स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको वताए ।

उनले अगाडि भने नेपालमा विद्युत पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा विद्युतको प्रयोग बढ्दै गएको अवस्थामा खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई दण्डित गर्ने प्रयास गरेको आपत्ति रहेको वताए । मासिक ५० युनिटभन्दा बढी खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता भएको वर्तमान अवस्थामा कर लगाउने निर्णयले लाखौं परिवारको मासिक खर्च बढाउने र भान्सा झनै महँगो बनाउने घिसिङको दावी छ । उनले देशभित्रै उत्पादित विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा सरकारले उल्टै विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको आरोप लगाए ।

अध्यक्ष घिसिङले सरकारको निर्णयले विद्युतीय चुल्हो लगायतका उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ निर्भरता बढाउने भएकाले राष्ट्रिय ऊर्जा सुरक्षा, व्यापार घाटा न्यूनीकरण तथा हरित अर्थतन्त्र निर्माणको लक्ष्यसँग मेल नखाने वताए । उनल् विद्युतको आन्तरिक खपत बढाउनु आजको आवश्यकता भएको र त्यसका लागि विद्युत महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउँदै लैजानुपर्ने वताए । सरकारले जनतालाई नयाँ करको बोझ थप्नु नहुने वताउंदै स्वदेशी विद्युतको उपयोग, स्वच्छ हरित ऊर्जाको प्रवद्र्धन र आम उपभोक्ताको हितका लागि विद्युत उपभोक्तामाथि लगाइएको अतिरिक्त ५ प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग अध्यक्ष घिसिङले माग गरेका छन् ।

विद्युत कर वढाउंदा डिजेल, पेट्रोलको खपत वढेर झनै रकम विदेशिने उनले वताए । यसका साथै अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी नुवाकोट कमिटि पुर्नगठन गरेका छन् । रामकृष्ण राजभण्डारीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटि पुर्नगठन भएको छ ।

सो कमिटिको उपाध्यक्षहरुमा सुदीप कोइराला, विजय लामा र रिता तामाङ चुनिएका छन् । सचिवमा गौरव नेपाल, सहसचिवमा यशोधन तामाङ र गोम्वो तामाङ र कोषाध्यक्षमा लक्ष्मी गजुरेल चुनिएका छन् । कार्यक्रममा विभिन्न दल त्यागेर आएका युवाहरुलाई अध्यक्ष घिसिङले स्वागत गरे । उनले पुर्नगठित समिति तथा पार्टी प्रवेश गरेकाहरुलाई पार्टीको तर्फवाट सपथसमेत खुवाएका छन् ।


सर्वाधिक रुचाइएको