असहाय तथा अशक्तलाई सहयोग

– खाद्यान्न तथा लत्ताकपडा प्रदान
लोकखबर
२०८३ जेष्ठ ३०, शनिबार १३:५२

बिदुर – असहाय तथा अशक्त रहेका नुवाकोटको पुर्वी भेगमा रहेको वास्थलाका वावुछोरालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गरिएको छ । परिवारमा कोही पनि नभएका उनीहरुको जीवनयापनका लागि सहयोगी युवाहरुको समूहले गाउंमा पुगेर वावुछोरालाई खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेको हो ।

बेलकोटगढी नगरपालिका ८ बासथलाका असहाय खिमबहादुर पुडासैनी र उनका अशक्त छोराका लागि बट्टारवजारका युवा श्रीराम श्रेष्ठलगायतको टोलीले चामल, भुजियालगायतका खाद्यान्न र पांच प्रकारका लत्ताकपडा सहयोगस्वरुप हस्तान्तरण गरेको हो । वृद्ध खिमवहादुर असहाय हुन् भने उनका छोरा मानसिक अशक्त रहेको कारण उनीहरुको जीवनयापनका लागि खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गरिएको शिक्षाप्रेमीसमेत रहेका युवा श्रीराम श्रेष्ठले जानकारी दिए ।


सर्वाधिक रुचाइएको