नौलो प्रचारशैलीमा जितु नेपाल
बिदुर – आफ्नो तीन दशकको कलाकारिता यात्रामा रहेका अभिनेता जितु नेपाल आफैंले निर्माण गरेको चलचित्रको प्रवद्र्धनका लागि देशदौडाहमा रहेका छन् । उनले देशका विभिन्न बजार पुगेर आफ्नो चदचित्र ‘आई एम जीतबहादुर’ को नौलो रुपमा प्रवद्र्धन गरिरहेका छन् । उनले आफ्नो चलचित्र नेपाली गाउंले परिवेश अनुकुल रहेको जनाउंदै शहर वसेर गाउंलाई भुल्न नहुनेसमेत वताअए ।

उनले आफुले चलचित्रमा सिर्जनात्मक अभियान गरेकोसमेत नुवाकोटको बिदुरमा आएर बताए । उनको चलचित्र प्रवद्र्धन अभियान चर्चामा रहेको छ । उनले चलचित्र भवन पुग्ने, दर्शकहरुलाई भेट्ने, पत्रकार सम्मेलन गर्ने र सामाजिक विषयमाथि अन्र्तक्रिया गर्नेसमेत कार्य गरिरहेका छन् । चर्चित हास्य कलाकार तथा अभिनेता जितु नेपालद्वारा निर्माण तथा अभिनित चलचित्र ‘आई एम जीतबहादुर’ को प्रदर्शन मिति असार ५ गते नजिकिँदै गर्दा उनको पवद्र्धन शैलीले नेपाली चलचित्र क्षेत्रमा चर्चा पाएको छ ।

उनी आफ्नो चलचित्रको प्रोमोसहित गाउंबजार पुगिरहेका छन् । आफ्नो चलचित्रको प्रचारका लागि कलाकार जितु नेपालले समसामयिक राजनीतिक परिवेशलाई हास्यात्मक ढङ्गले प्रस्तुत गर्दै विभिन्न छोटा भिडियोहरूसमेत सार्वजनिक गरिरहेका छन् । उनले आफ्नो चलचित्र विशेष गरि हास्यसहित सामाजिक जानराको रहेकोसमेत वताए । आफ्नो चलचित्र ‘आइएम जितबहादुर’को प्रमोशनका लागी कलाकार जितु नेपाल नुवाकोटको विदुर र बट्टार आएर हलमा दर्शक तथा सार्वजनिक कार्यक्रममा सहभागीहरुमाझ अन्र्तक्रियासमेत गरे ।

उनले आफुलाई तीन दशभन्दा वढि समयदेखि दर्शकहरुले माया गरिरहेको अवस्थामा यस चलचित्रप्रति भरोशा राख्न अनुरोध गरे । चर्चित कलाकार जितु नेपाल (मुन्द्रे)ले आफ्नो चलचित्रमा समेटिएका विषयवस्तु, कथा तथा सन्देशका बारेमा दर्शक र शुभेच्छुकहरूसँग कुराकानीसमेत गरेका हुन् । नेपाली समाजको यथार्थ, संघर्ष र जीवनका विविध पाटाहरूलाई प्रस्तुत गरिएको चलचित्र ‘क्ष्बm जितबहादुर’प्रति दर्शकमाझ उत्साह बढ्दै गएको उनको भनाई छ ।

बहुप्रतीक्षित चलचित्र ‘आइएम जितबहादुर’ आगामी असार ५ गतेदेखि नुवाकोटको शिवालय सिनेप्लेक्ससहित देश तथा विदेशका सिनेमाघरहरूमा एकैसाथ प्रदर्शन हुँदैछ । नेपाली चलचित्रप्रेमीहरूलाई हलमै पुगेर चलचित्र हेरी नेपाली चलचित्र क्षेत्रलाई साथ दिन अनुरोध गरिएको अर्का कलाकार निरज नेपालको भनाई छ । नेपाली चलचित्रको परम्परागत प्रचार शैलीभन्दा फरक ढङ्गले तयार गरिएका यस्ता सिर्जनात्मक सामग्रीले दर्शकमाझ चलचित्रबारे उत्सुकता बढाएको उनको दावी छ।

समसामयिक विषयवस्तुसँग चलचित्र प्रचारलाई जोड्ने प्रयास नेपाली चलचित्र बजारमा अपेक्षाकृत नौलो अभ्यासका रूपमा हेरिएको छ । ‘आई एम जीतबहादुर’ सम्बन्धी यस्ता नयाँ–नयाँ अवधारणामा आधारित तस्वीर तथा भिडियोहरू जितु नेपालको आधिकारिक सामाजिक सञ्जालका साथै विभिन्न मनोरञ्जन पृष्ठहरूबाट समेत सार्वजनिक भइरहेका छन् । यसले चलचित्रको पहुँच विस्तार गर्न र विविध उमेर समूहका दर्शकसम्म पु¥याउन सहयोग पुगेको निर्माण पक्षको भनाई छ ।

विशेषगरी डिजिटल युगमा दर्शकको ध्यान आकर्षित गर्न सिर्जनात्मक र समयानुकूल प्रचार रणनीति आवश्यक मानिन्छ । यही सन्दर्भमा ‘आई एम जीतबहादुर’ को प्रचार अभियान नेपाली चलचित्र क्षेत्रका लागि सकारात्मक, प्रयोगशील र प्रभावकारी मार्केटिङ अभ्यासको उदाहरण बन्न सक्ने देखिएको छ । चलचित्र सफल बनाउन केवल पोस्टर र ट्रेलर मात्र नभई दर्शकसँग प्रत्यक्ष संवाद स्थापित गर्ने नवीन सोच आवश्यक पर्ने अवस्थामा ‘आईएम जीतबहादुर’ ले अपनाएको प्रचार शैलीलाई नेपाली चलचित्र उद्योगमा सकारात्मक परिवर्तनको संकेतका रूपमा समेत हेरिएको छ ।

काठमाडौं तथा मकवानपुरका विभिन्न मनमोहक स्थानमा छायांकन गरिएको यस चलचित्रको निर्माण मुख्य कलाकार जितु नेपाल आफैंले गरेका हुन् । चलचित्रको निर्देशन शुभेन्दु घोषले गरेका हुन् भने कलाकारहरुमा जितु नेपालका साथै सन्दिप क्षेत्री, प्रियंका कार्की, वर्षा राउतलगायत रहेका छन् ।















































