रातमाटे शवस्टेशनको निर्माण सुरु

– एकैपटक दुई नयां शवस्टेशनको कार्य सुभारम्भ
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ ३०, शनिबार १४:५४

बिदुर – नेपालको ऊर्जा ग्रिड र क्षेत्रीय ऊर्जा व्यापार सुदृढ पार्न नुवाकोटको रातमाटेमा शवसटेशनको निर्माण सुरु भएको छ । एकैपटक दुई नयाँ सबस्टेशनका् निर्माण कार्यको थालनी भएको हो । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत बेलकोटगढी नगरपालिका ७ स्थित रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटरलामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य सुरु गरेको हो ।

शिलान्यासंगै निर्माण कार्य सुरु गरिएको हो । संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ दशमलव ७० करोड अमेरिकी डलर लगानीमा भइरहेको उक्त साझेदारीले अन्र्तराष्ट्रिय स्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको आयोजनाले जनाएको छ । नेपालका वरिष्ठ अधिकारीहरू, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधिहरू, विकास साझेदारहरू, निर्माण व्यवसायीहरू, स्थानीय सरोकारवालाहरू, सञ्चार माध्यम र सामुदायिक अगुवाहरूको सहभागितामा उक्त शिलान्यास कार्यक्रम नुवाकोटको रातमाटे सबस्टेशन निर्माणस्थलमा गरिएको हो ।

नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा उच्च क्षमतायुक्त चारसय केभि सबस्टेशन तथा ३१५ किलोमिटरप्रसारण लाइन निर्माण हुँनेछ । यस पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत ग्रीडलाई सदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्नेछ, घरपरिवार र व्यवसायहरूका लागि विद्युत् आपूर्तिको भरपर्दाेपनामा सुधार गर्नेछ भने क्षेत्रीय विद्युत् बजारमा नेपालको वृहद् सहभागिता गराउन सघाउने जनाइएको छ । शिलान्याससंगै निर्माण सुरु गरिएको २९७ किमि लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन् ।

“नेपाल सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको छ,” नेपाल सरकारका अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले भने । उनले अगाडि भने, “ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवद्र्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ ।” शिलान्यास कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले नेपालसँग संयुक्त राज्य अमेरिकाको लामो समयदेखिको साझेदारी र एमसीसी नेपाल कम्प्याक्टप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गरे ।

उनले अगाडि भने, “यस कम्प्याक्टमार्फत हामी नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण गर्दैछौँ र भरपर्दो बिजुली देशका कुना कुनाका साथै सीमापारसमेत प्रवाहित हुनेछ । घरपरिवारका लागि यसको अर्थ निरन्तर बल्ने बिजुली हुनेछ भने कारखाना तथा कृषिका लागि यसको अर्थ उत्पादन अभिवृद्धिका लागि ऊर्जाको अनवरत उपलब्धता भई नेपाली व्यवसायहरूको विस्तारका लागि यसले नयाँ क्षितिजहरू उघार्नेछ ।” एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले नेपालको आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा एकीकरणको दीर्घकालीन महत्वमाथि जोड दिँए ।

उनले अगाडि भने, “यी लगानीले घरपरिवार, व्यवसाय र उद्योगहरूका लागि भरपर्दो बिजुली आपूर्ति गर्न आवश्यक प्रसारण प्रणालीलाई सुदृढ बनाएर नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भाव्यता उपयोग गर्न मद्दत गर्नुका साथै एमसीसी यस रूपान्तरणकारी पूर्वाधार निर्माण पहलमा नेपालसँग साझेदारी गर्न पाउँदा गौरवान्वित छ ।”
शिलान्यास कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले “एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेका यी पूर्वाधार कुनै छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण सञ्जालकै महत्वपूर्ण विस्तार हुन्” –भने ।

कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले “नेपालको ऊर्जा पूर्वाधार विकासका सन्दर्भमा एउटा कोशेढुङ्गाका रूपमा स्थापित हुँदैछ भने निर्माणाधीन सशक्त, थप भरपर्दो र नवीन विद्युत् प्रसारण सञ्जालले नेपालीलाई लामो समयसम्म लाभान्वित गर्नेछ भने नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा एक प्रमुख पक्षका रूपमा स्थापित गर्नेछ ।” उनले यो आयोजनाले विद्युत् प्रसारण अवरोधहरू न्यूनीकरण गर्नुका साथै नेपाल र यस क्षेत्रबीचको सन्निकटतामा वृद्धि गर्ने पनि उल्लेख गरे । एकैपटक शिलान्यास गरिएका सबस्टेशनहरू तथा प्रसारण लाइन निर्माण कार्यमा चार निर्माण कम्पनी संलग्न रहेका छन् ।

टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यू दमौली सबस्टेशन निर्माण गर्दैछ । आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, र एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किमि लामो रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले ९० किमि लामो न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्दैछन् । निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेशन र न्यू दमौली सबस्टेशन नेपालका सबैभन्दा ठुला उच्च–भोल्टेज क्षमताका सबस्टेशनमध्येका हुनेछन् ।

यी सबस्टेशन तथा प्रसारण लाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाईसम्बोधन गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग गर्नेछन् । मिलेनियम च्यालेन्ज एकाउन्ट–नेपाल (एमसिए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण चरणमा प्रवेश गर्दै रातमाटे सबस्टेशन, न्यू दमौली सबस्टेशन तथा उच्च क्षमताका प्रसारण लाइनहरूको निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको आयोजना पक्षले जनाएको छ । नुवाकोटको रातमाटेमा आयोजित विशेष कार्यक्रममा नेपाल सरकारका अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय तथा नेपालस्थित अमेरिकी राजदूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

एमसीए–नेपाल विद्युत् प्रसारण परियोजना राष्ट्रको ऊर्जा पूर्वाधार सुदृढ गर्ने महत्वपूर्ण अभियान भएको आयोजनाले जनाएको छ । यस परियोजनालाई समयमै र सफलतापूर्वक सम्पन्न गर्न सरकार, स्थानीय तह, सरोकारवाला निकाय तथा आम नागरिक सबैको सहयोग आवश्यक रहेको अमेरिकी निमित्त राजदूतले आग्रह गरे ।
ऊर्जा विकास, आर्थिक समृद्धि र उज्यालो भविष्यका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको जनाइएको छ । कार्यक्रममा बेलकोटगढी नगरपालिका मेयर जगतबहादुर गुरुङ, एमसीसी, एमसिए–नेपाल, नेपाल विद्युत् प्राधिकरण, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय तहका अन्य जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले नेपालको आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा एकीकरणको दीर्घकालीन महत्वमाथि जोड दिँए । उनले अगाडि भने “यी लगानीले घरपरिवार, व्यवसाय र उद्योगहरूका लागि भरपर्दो बिजुली आपूर्ति गर्न आवश्यक प्रसारण प्रणालीलाई सुदृढ बनाएर नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भाव्यता उपयोग गर्न मद्दत गर्नेछ ।” यी सबस्टेशन तथा प्रसारण लाइन पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाई सम्बोधन गर्न र आर्थिक वृद्धिलाई तीव्रता दिन सहयोग गर्नेछन् । शिलान्याससंगै नुवाकोटमा रातमाटे शवस्टेशनको निर्माण कार्य सुरु भएको छ ।


सर्वाधिक रुचाइएको