किस्पाङको वडा पूर्ण खोप सुनिश्चितता
बिदुर – नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउंपालिका १ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम गरिएको छ । सो वडामा रहेका मापदण्ड पुगेका सवै वालवालिकाहरुले पूर्ण खोप लगाएका छन् । किस्पाङ गापा १ भाल्चेमा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम”सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सम्पुर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, अभिभावक तथा सम्पूर्ण समुदायको सक्रियता रहेको थियो । सबैको साझा प्रयास र प्रतिबद्धताले नै प्रत्येक बालबालिकासम्म समयमै खोप सेवा पुग्न सम्भव भएको किस्पाङ १ का वडाध्यक्ष पशुपति घलेको भनाई छ । उनले अगाडि भने–पूर्ण खोप सुनिश्चितता केवल एउटा घोषणा मात्र होइन, यो बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता पनि भएको वताए ।

आगामी दिनमा पनि खोप कार्यक्रमको दिगोपना कायम राख्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने उनले प्रतिवद्धता जनाए । यसका लागि सबै वडावासीको साथ, स्वास्थ्यकर्मी तथा स्वास्थ्य चौकी क्रियाशील रहनुपर्ने उनले वताए ।















































