राष्ट्रिय लोकदोहोरी प्रतियोगिता सम्पन्न

– निशान्त र संगीनाको जोडीले जिते उपाधि
लोकखवर मनोरन्जन संवाददाता
२०८३ असार २, मंगलवार ०१:००

बिदुर – लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नुवाकोटको बिदुरमा सन्चालित नवौंैँ राष्ट्रिय रनिङशिल्ड लोक दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न लोकदोहोरी समूहहरुले आकर्षक तथा रोमान्चक प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजना तथा नुवाकोट शाखाको व्यवस्थापनमा नुवाकोटको बिदुरमा तीन दिनसम्म नवौंैँ राष्ट्रिय रनिङशिल्ड लोक दोहोरीगीत प्रतियोगिता सन्चालन भएको हो ।

विभिन्न १८ वटा लोकदोहोरी समूहहरुले आकर्षक लोकदाहोरी गाएको प्रतियोगितामा निशान्त विक र संगीना थापामगरको जोडी (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख)) ले उपाधि जितेका हुन् । फाइनल प्रतियोगीतामा उनीहरुले १७ टिमलाई पछि पार्दै उपाधि विजेता बन्न सफल भएका हन् । प्रथम भएका विक र थापामगरले शिल्ड, प्रमाणपत्रसहित नगद तीन लाख रुपैयाँ पुरस्कार हात पारेका छन् ।

प्रतियोगीतामा सरोज सिंखडा र जमुना विश्वकर्मा (प्रतिष्ठान बागमती प्रदेश (क)) उपविजेता भए । उनीहरुले शिल्ड, प्रमाणपत्रसहित नगद दुई लाख रुपैयाँ पुरस्कार पाए ।
मानव रावत क्षेत्री र भावना अर्याल (प्रतिष्ठान मधेश प्रदेश (क)) तृतीय भए । उनीहरुले शिल्ड, प्रमाणपत्रसहित नगद एकलाख रुपैयाँ पुरस्कार थापे । सोही प्रतियोगितामा राजमान खत्री र शान्ता वली (प्रतिष्ठान लुम्बिनी प्रदेश (ख))ले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले शिल्ड, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ पुरस्कार पाए ।

तीन दिनसम्म चलेको प्रतियोगीतामा उत्कृष्ट गायकतर्फ राजु लामिछाने (प्रतिष्ठान बागमती प्रदेश (ख)), उत्कृष्ट गायिका जमुना सुनार (प्रतिष्ठान उपत्यका समन्वय समिति (क)) तथा उत्कृष्ट नव गायक बिक्रम गहतराज (प्रतिष्ठान सुदुरपश्चिम प्रदेश (ख)) भए । साथै उत्कृष्ट नवगायिका शितलकल्पना विक (प्रतिष्ठान कर्णाली प्रदेश (ख)), अनुशासित गायक बेलबहादुर परियार (प्रतिष्ठान मधेश प्रदेश (ख)), अनुशासित गायिका शान्ति कार्की (प्रतिष्ठान चण्डीगढ), उत्कृष्ट भेषभूषा (पुरुष) प्रितम पोखरेल (प्रतिष्ठान युके)र उत्कृष्ट भेषभूषा (महिला) सीता माझी (प्रतिष्ठान कोशी प्रदेश (क)) हुन सफल भए ।

नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले लोकसंस्कृति र कलाको संरक्षणमा योगदान गरेको आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बताइन् । लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठानले प्रतियोगिता हरेक वर्ष नियमित रूपमा सन्चालन गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष थापाले वताइन् । लोकसंगीत, लोककला र संस्कृतिलाई सम्मान र कर्मको निरन्तरता दिर्दै नवौं संस्करणसम्म आइपुगेको उनले बताइन् ।

प्रतियोगिता अगाडि सहभागी टिमलाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट समितिले फाइनलका लागि १८ टिम छनोट गरेको थियो । उक्त प्रतियोगिताको विजेताहरुलाई कार्यक्रमकावीच बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे । उनले स्थानीय लोक, संस्कृति, कलाको पहिचान, सम्वद्र्धन तथा उत्थानका लागि यस प्रकारको प्रतियोगिताले सार्थकता दिएको वताए ।

उनले संस्कृति र परम्परा नेपालको मौलिकता र पहिचान भएकोसमेत वताए । प्रतियोगिताले कला, संस्कृति र मौलिकताले पहिचान प्रवद्र्धनमा मद्धत पुगेको सहभागीहरुले वताए । प्रतियोगिता तीन दिनसम्म बिदुरस्थित इलम प्रशिक्षण केन्द्र परिसरमा सन्चालन भएको थियो । गत वर्ष चितवनमा सम्पन्न भएको सोे राष्ट्रिय प्रतियोगिता यस वर्ष धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक भूमि नुवाकोटमा गरिएको हो ।

यस प्रतियोगिताले स्थानीय स्तरमा परम्परागत लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य रहेको छ । देशभरबाट आएका राष्ट्रिय तथा स्थानीय लोकगायक, गायिकाहरूबीच उत्कृष्ट र सिर्जनात्मक प्रतिस्पर्धा गराइएको प्रतिष्ठानले लिएको छ । प्रतियोगितालाई निरन्तरता दिइने जनाइएको छ ।

 

 


सर्वाधिक रुचाइएको