मेरो स्वास्थ्य, मेरो जिम्मेवारी कार्यक्रम
बिदुर – स्वास्थ्य सचेतनाका लागि नुवाकोटको कोलोनीमा “मेरो स्वास्थ्य मेरो जिम्मेवारीः कार्यक्रम गरिएको छ । एक घण्टा मेरो लागी“ अभियान अन्तर्गत स्वस्थ्य पदयात्रा र सिकाई कार्यक्रम गरिएको हो । जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा गरिएको कार्यक्रममा नसर्ने रोगसम्बन्धी जनचेतनामूलक अन्तक्र्रियासहित हिँडाइ तथा योगाभ्यास कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले यस प्रकारका कार्यक्रमले स्वास्थ्य सचेतनामा प्रभावकारिता आउने धारणा व्यक्त गरे ।कार्यक्रममा जनस्वास्थ्य कार्यालयकी प्रमुख डा. अन्जु कार्की, त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामा, आयुर्वेद तथा वैकल्पिक चिकित्सक नुवाकोटका प्रमुख डा. नरेन्द्रप्रसाद गिरी, नुवाकोट प्रहरी प्रमुख विपिन रेग्मीलगायतको सहभागिता रहेको कार्यक्रममा “मेरो स्वास्थ्य मेरो जिम्मेवारीः एक घण्टा मेरो लागी“ अभियान अन्तर्गत स्वस्थ्य पदयात्रा र सिकाई कार्यक्रम सामूहिक हिँडाइ, योग तथा स्वास्थ्य सम्बन्धि सिकाइका क्रियाकलाप गरिएको थियो ।

उक्त कार्यक्रममा सर्वसाधारणलाई स्वास्थ्यप्रतिको चेतना जगाउने र स्वस्थ्य जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यका साथ सामूहिक हिँडाइ, योग तथा विभिन्न स्वास्थ्यमूलक क्रियाकलापहरू गरिएको थियो । कार्यक्रममा अन्य सरोकारवालाहरुकोसमेत सहभागिता रहेको थियो ।



















































