बिद्यालयलाई स्मार्ट बोर्ड प्रदान
बिदुर – आधुनिक शिक्षामा जोड दिदै नुवाकोटको पिपलटारमा रहेको एक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको छ । यसवाट विद्यार्थी तथा शिक्षकहरुलाई सुविधा पुगेको छ । बिदुर नगरपालिका ५ पिपलटारमा रहेको चन्द्रज्योती माविमा प्रविधियुक्त शिक्षा उपलव्ध गराउने उद्धेश्यले एक जना पुर्व विद्यार्थी, स्थानीयबासीले ७५ इन्चको स्मार्ट वोर्ड विद्यालयलाई उपलव्ध गराएका हुन् ।

स्थानीय युवा शिक्षाप्रेमी तथा हाल बेलायत वसोवास गर्दै आएका बद्री गजुरेलले सो स्मार्ट वोर्ड उपलव्ध गराएका हुन् । विद्यालयमा आयोजित कार्यक्रममा गजुरेलका पिता तथा विद्यालय व्यबस्थापन समितिमा पुर्व अध्यक्षसमेत रहेका शिवप्रसाद गजुरेलले विद्यालयका अध्यक्ष छत्रराज डंगोल, प्रधानाध्यापक वासुदेव पनेरुलाई स्मार्ट वोर्ड हस्तान्तरण गरे । उक्त स्मार्ट वामेर्डले विद्यार्थीहरुमा आधुनिक शिक्षा अध्ययनका लागि सुविधा पुगेको विद्यालयले जनाएको छ ।













































