किसानलाई मौरीसहितको घार

– बिदुर नपाद्वारा हस्तान्तरण
लोकखबर
२०८३ असार १०, बुधबार ००:१९

बिदुर  नुवाकोटको बिदुरमा सहकारीकर्मी किसानहरुलाई व्यवसायिक मौरीपालन तालिम प्रदान गरिएको छ । तालिम पश्चात किसानहरुलाई मौरीसहितको घार प्रदान गरिएको छ । बिदुर नगरपालिका कार्यालयले १३ वटै वडाबाट सहकारी संस्थामार्फत छनौट भएका सहकारीकर्मी किसानहरुलाई ५ दिनको मौरी पालन तालिम प्रदान गरेको हो ।

तालिमपश्चात उनीहरुलाई एक/एक वटा मौरीसहितको घार प्रदान गरिएको छ । किसानहरुलाई मेयर राजन श्रेष्ठ, ज्यु उपमेयर प्रभा बोगटीलगायतले मौरी सहितको घार हस्तान्तरण गरेका हुन् । सहभागीहरुले सिकेको सिपलाई आतमनिर्भरताको लागि व्यवहारमा उतार्न मेयर श्रेष्ठले आग्रह गरे ।

उपमेयर प्रभा वोगटीले मौरीपालन सिप विशेष र महतवपुर्ण व्यवसाय भएका कारण यसको महको महत्व झनै महत्वपुर्ण रहेकोसमेत वताए । ४५ जना सहभागीहरुलाई मौरीपालक किसान ध्रुवप्रसाद सापकोटाले प्रशिक्षण दिएका थिए ।


सर्वाधिक रुचाइएको