बाढीपछि पुर्नस्थापना तथा पुर्ननिर्माणको पहल

– अर्थमन्त्री तथा सरोकारवालासंग बजेट माग
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक १५, शनिबार २२:४३

बिदुर – अकल्पनीय बाढीपछि नुवाकोटमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सरोकारवाला पक्षले पहल सुरु गरेको छ । जसका लागि अर्थमन्त्री तथा सरोकारवाला पक्षसंग बजेट माग गरिएको छ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटलगायत प्रभावित क्षेत्रका पूर्वाधारहरूको पुनर्निर्माण तथा पुनस्र्थापनाका सम्वन्धमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अर्थ मन्त्रालयका सचिवसँग नुवाकोट २ का प्रतिनिधि सभा सदस्य डा. अचुतम लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य रामकृष्ण भट्टराईले विशेष अन्र्तक्रियासहितको छलफल गर्दै पुर्ननिर्माण र पुर्नस्थापनाका लागि आवस्यक बजेटको व्यवस्था गर्न माग गरेका हुन् ।

गत भदौ १० गते ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटका चार वटा स्थानीय तह प्रभावित पारेको छ । दुई महिना अगाडिको उक्त बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा निकै जनधनको क्षति गरेको छ । बाढीले ति स्थानीय तहका २८ सय वढि घरधुरी ध्वस्त पारेको छ । बाढीका कारण नुवाकोटको चार स्थानीय तहभित्रका दुईहजार आठसय ३१ घर ध्वस्त पारेको हो ।

बढीले सवैभन्दा वढि क्षति बिदुर नपामा गरेको छ । बाढीले बिदुर नपाभित्र रहेका दुईहजार पांचसय ५४ वटा घरमा क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बढीले बेलकोटगढी नपामा बाढीले एकसय ९५, तारकेश्वर गापामा ४८ र किस्पाङ गापामा ३४ घरमा क्षति पु¥याएको छ । बाढीका कारण नुवाकोटमा दुईहजार सातसय २३ जना अझै वेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अर्थ मन्त्रालयमा पेस भएका योजनाहरूलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्राथमिकतामा वर्गीकरण गरिएको प्रतिनिधि सभा सदस्य डा. लामिछानेको भनाई छ ।

उनका अनुसार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढाई तिहारअघि वा लगत्तै ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी रहेको जानकारी प्राप्त भएको छ ।
यसअन्तर्गत २८ वटा झोलुङ्गे पुलको पुनर्निर्माण, ग्रामीण सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, सिँचाई, विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण, कृषि तथा जीविकोपार्जन पुनस्र्थापना, बाढीबाट प्रभावित तथा अभिभावक विहिन बनेका बालबालिकाको संरक्षण लगायतका महत्वपुर्ण योजनाहरू समेटिएको सांसद लामिछानेले वताएका छन् । विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै प्रभावित नागरिकको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन निरन्तर पहल, समन्वय जारी रहने उनको भनाई छ ।

बाढीपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सरकार तथा सरोकारवाला पक्षसंग निरन्तर पहल भइरहेको सांसद डा. लामिछानेले वताए । बिपदपछि पक्की पुलतर्फ बेत्रावतीमा एकसय मिटरको नयाँ पुल, एकसय २० मिटरको त्रिशूली खोला पुल तुप्चे, एकसय २० मिटरको त्रिशूली खोला पुल सिमचौर, एकसय २० मिटरको त्रिशूली खोला पुल देवीघाट नजिकै मध्य पहाडी लोकमार्ग निर्माण आवस्यक रहेको सांसद डा. लामिछानेले ध्यानाकर्षण गराएका छन् । तादी खोला पुल देवीघाट ६० मिटर, त्रिशूली खोला पुल सिरखाली दुईसय मिटर, त्रिशूली खोला पुल बुधसिंहघाट तीनसय मिटर तथा थप पुलहरूको विस्तृत अध्ययन कार्य भइरहेको सांसद लामिछानेले जानकारी दिए । यसरी केही खर्ब सहितको बजेट अर्थमन्त्रालयले पत्र काटेर सम्बन्धित मन्त्रालयलाई पत्रचार गरिएको जानकारी प्राप्त भएको सांसद डा. लामिछानेले वताए ।

उनका अनुसार झोलुङ्गे पुलतर्फ भने सबै नै ठेक्का लागि सकेको जानकारी प्राप्त भएको छ । जुन ठेक्का स्विजरल्यान्डको हेल्पिटास कम्पनीले पाएको छ ।
बाँकी सबै आयोजनाहरू सकभर तिहारको पेरीफेरीमा तुरुन्तै लाग्ने जानकारी प्राप्त भएको सांसद डा. लामिछानेको टोलीले जानकारी दिएको छ । पुनर्वासका लागि स्थायी र अस्थायी रूपमा सरकारले काम अन्तिम चरणमा पु¥याएको जानकारी पनि दिएको छ ।

वित्तीय व्यवसाय र व्यापारतर्फ सम्पूर्ण रूपमा सरकारले पुनर्मूल्यांकन गरेर उचित उपाय खोज्ने र सोको लागि विशेष समिति मार्फत आएका सुझावहरू सहितलाई समावेश गरेर अघि बढ्ने जानकारी आएको सांसद डा. लामिछानेको टोलीले लिदएको छ । उक्त कार्यहरुको लागि सकारात्मक सोचका साथ अघि बढ्ेर स्थानीय, प्रदेश सरकार र संघीय सरकार सबै मिलेर आम समस्याको समाधान गर्दै जाने सांसद डा. लामिछानेले प्रतिबद्धता जनाएका छन् । विपद्पछिको सडकतर्फ बट्टार, कुवापानी, भालडाँडा, पुनीगाउँ, आमडाँडा, माझीगाउँ २५ किलोमिटर सडक कालोपत्रे, दमाहाढुङ्गा, कोल्पुखोला, मेडिकल चोक, चिनियाखर्क, शेरा, चिम्टेश्वर, बाघखोर सडक खण्ड, छत्रेखोला, सिरखाली,रणभूमेश्वरी, मान्द्रेढुङ्गा, गौरीबेसी कालीखोला, माझीगाउ, कोलनी, आंगापुटार, तुप्चे हुँदै किस्पाङ जाने सडक मर्मत तथा पुर्ननिर्माणका योजना अगाडि सारिएका छन् ।

यसका साथै पिपलटार, तादीपुल, निरञ्जना धमले, हरहरे देउराली दुईपीपल, कोल्पुटार सडक, बाखोरखण्ड ७ किलोमिटर, बिदुर, चोकदे, कुवापानी, महभीर, अम्बास सडक २९ किलोमिटर, गेर्खु, बोरेभञ्ज्याङ, बेत्रावती सडक पाँच किलोमिटर, गल्छी, देवीघाट, बिदुर, बेत्रावती, शान्तिबजार, मैलुङ खण्ड, फेदीबेसी, बोरेभन्ज्याङ, सानोखोला, फलाखु खोला, भोर्ले सडक, गल्छीपुल, कोसीखोला, तारुकाघाट, दर्शनटार हुँदै, त्रिशूली कोलोनी जाने सडक मर्मत तथा पुर्ननिर्माणको माग गरिएको छ । छिपिटार, चापाबोट हुँदै, सोले जाने सडकबाट किस्पाङ गाउँपालिका ५ जोड्ने सडक, अक्करे तुप्चे, सोले, सातदोबाटो, किस्पाङ गाउँपालिका जाने सडक, जामुनेदेखि, जयडाँडा बरको बोट जोड्ने वैकल्पिक नयाँ ट्रयाक रहेका छन् ।

यसका साथै कोको गाउँ अर्चले हुँदै रसुवा जोड्ने ग्रामीण सडक, तुप्चे, सिस्नेचौर, च्याम्पेस्वारा हुँदै गाउँपालिका जोड्ने सडक, बगुवा, सिम्लेबेसी, खोलेबेसी, कोलडाँडा तारकेश्वर गापा  २ को सडक, कोशी खोला, पिमलटार उपल्लो डिही, जोर चौतारा काउले धादिङ जोड्ने सडक मर्मत तथा पुर्ननिर्माणको पहल सुरु भएको छ । उता, कोल्पुटार, देउराली, झ्याङ्गलीपोखरी, आरुखर्क ककनी ३५ किलो सडक, विदुर नपा १० गेर्खुटार हुँदै चोकदे सडकखण्डको विदुर नपा ११ उपल्लो गेर्खु वोहोरेभन्ज्याङ छाप्टार माथिल्लो केराघारी हुँदै बेत्रावती जोड्ने सडकको काम गरिने सांसद डा. अचुतम लामिछानेले जानकारी दिए ।

विपदपछि झोलुङ्गे पुलतर्फ बुधसिंहघाट महादेव फाँट झोलुङ्गे पुल तारकेश्वर ४ बेलकोटगढी, दर्शनटार रातमाटे झोलुङ्गेपुल तारकेश्वर ४ बेलकोटगढी, तारुकाघाट तारुका प्रहरी चौकी झोलुङ्गेपुल तारकेश्वर २ बेलकोटगढी ७, बेत्रावती तुप्चे झोलुङ्गे पुल त्रिशूली नदी विदुर १० विदुर ७ को मर्मत तथा पुर्ननिर्माण गरिने भएको छ । विदुर १० स्थित १ नम्बर पुलबाट विदुर ७ चनौटे चौतारा जोड्ने त्रिशूली नदीमाथि झोलुङ्गे पुल, इन्द्रायणी चौर घुमाउने चौतारा झोलुङ्गे पुल बिदुर १, विदुर ४ वट्टारबाट विदुर १२ खत्री गाउँ जोड्ने त्रिशूली नदीमाथि झोलुङ्गे पुल, सुकरी खोला झोलुङ्गे पुल किस्पाङकोके गाउँ र किस्पाङ ५ अर्चले, पहिरेवेसी झोलुङ्गे पुल किस्पाङ ५ अर्चले उत्तरगया ४ रसुवा निर्माण गरिने भएको छ ।

सोले झोलुङ्गे पुल सलाखु खोला बिदुर ७ र किस्पाङ ५, सोले कैदलेटार झोलुङ्गे पुल विदुर ७ उत्तरगया ५, जिलिङ झोलुङ्गे पुल बेलकोटगढी ८, पिमलटार जागाराम झोलुङ्गे पुल बेलकोटगढी ७ तारकेश्वर २, फोस्रेटार झुलुङ्गे पुल बेलकोटगढी ५ गल्छी १, केउरेनी गहते झोलुङ्गे पुल बेलकोटगढी ५ गल्छी १ र कोल्पु कल्लेरीघाट झोलुङ्गे पुल बेलकोटगढी ५ गल्छी २ को पुर्ननिर्माण, मर्मत तथा निर्माण आवस्यक रहेको छ । यसवाट दुईतर्फको सम्पर्क यात्रा जोडिने निष्कर्श निकालिएको छ ।

बिपदपछि खानेपानी संरचना पुननिर्माणतर्फ सिमखेत बालुवा खानी काशीटार खानेपानी योजना, बुधसिंहघाट खानेपानी योजना, सिरखाली भूमिगत खानेपानी योजना, तल्लो पिमलटार खानेपानी योजना, बिदुर खानेपानी आयोजना, घडिया खोला खानेपानी योजना, माझीटार, पिमलटार, कोल्फुटार, केउरिनी, छबिसे लिफ्ट, रातमाटे, सिस्ने मुहान, लामासोती खानेपानी योजना, त्रिशूली बजार ढल तथा फोहोरपानी प्रशोधन केन्द्र निर्माण, मत्स्य अनुसन्धान केन्द्र नुवाकोट, बागबानी विकास केन्द्रको संरचना पुर्नस्थापना तथा सेवा प्रवाह सुचारु आवस्यक रहेको छ । साथै वागमति प्रदेशस्थित पशुसेवा कार्यालयको संरचना पुनःस्थापना तथा सेवा प्रवाह सुचारु, वैकल्पिक ऊर्जा सोलार जडान ६० करोड भन्दा माथि रहेका छन् ।


सर्वाधिक रुचाइएको