भमरामा एक घर एक धारा

– नवनिर्मित योजना हस्तान्तरण
लोकखवर विशेष संवाददाता
२०८३ असार १०, बुधबार ००:२६

बिदुर – लामो समयदेखि नुवाकोटको पश्चिमी भेगमा रहेको भमरामा विद्यमान पिउने पानीको समस्या समाधान भएको छ । एक घर एक धारा अन्र्तगत नवनिर्मित पिउने पानीको योजना हस्तान्तरण गरिएको छ । तारकेश्वर गाउँपालिका ६ माथिल्लो भमरामा लामो समयदेखि खानेपानीका लागि स्थानीयावासीले व्यहोर्दै आएको समस्या अन्त्य भएको छ ।

खानेपानी योजना सम्पन्न भएसंगै योजना हस्तान्तरण गरिएको छ । माथिल्लो भमरामा लिभिङ वाटर नेपालद्वारा सन्चालित एक घर एक धारा कार्यक्रम अन्र्तगत नवनिर्मित योजना हस्तान्तरण तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम तारकेश्वर ६ का कार्यबाहक वडाध्यक्ष धनराज तामाङ, संस्थाका कार्यकारी निर्देशक बिजय गुरुङ, ईन्जिनियर अर्जुन रोकाया, युवा समाजसेवी सोमबहादुर तामाङ, बमबहादुर तामाङ, शमसेर तामाङलगायतले पिउने पानीको योजना निर्माणसंगै आम सर्वसाधारणलाई निकै सुविधा पुगेको वताए ।

उक्त कार्यक्रम अन्तर्गत स्थानीय ६० घरधुरीका उपभोक्ताहरुले स्वच्छ खानेपानी सुबिधा प्राप्त गरेका छन् । माथिल्लो भमरा खानेपानी योजना अन्र्तगत एक घर एक धारा निर्माणका लागि लिभिङ वटर नेपालको कुल १५ लाख ९५ हजार पांचसय एक रुपैयाको लगानीमा योजना सम्पन्न भएको हो ।


सर्वाधिक रुचाइएको