दाहाल समुदाय जुटे

– अधिवेसनले चुन्यो कार्यसमिति
लोकखबर
२०८३ असार १४, आईतवार ०२:३९

बिदुर – दाहाल प्रतिष्ठान नुवाकोटको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले नयां कार्यसमिति चयन गरेको छ । दाहाल समुदायको एकता, आपसी सद्भाव र सामाजिक उत्थानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ शनिबार बेलकोटगढी नगरपालिका–८, जिलिङमा अधिवेसन सम्पन्न भएको हो । अधिवेशनले गोकुलप्रसाद दाहालको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य कुमार दाहालको प्रमुख आथित्यतामा सम्पन्न अधिवेसनमा बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहाल विशेष अतिथी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि कुमार दाहालले दाहाल प्रतिष्ठान कुनै व्यक्ति वा समूहको नभई सम्पूर्ण दाहाल बन्धुहरूको सामुदायिक विकास र सचेतनाका लागि केन्द्रीत रहेको साझा संस्था भएको बताए । उनले प्रतिष्ठान दाहाल समुदायको हकहित, एकता, आपसी सहयोग र सामाजिक सेवाका उद्देश्यका साथ स्थापना भएको उल्लेख गर्दै आगामी दिनमा नुवाकोटसँग समन्वय र सहकार्य गर्दै विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिने बताए ।

बेलकोटगढीका उपमेयर शिवप्रसाद दाहालले लामो समयदेखिको प्रयासपछि नुवाकोटमा प्रतिष्ठानको पहिलो जिल्ला अधिवेशन सम्पन्न हुन सकेको वताउंदै केन्द्रीय प्रतिष्ठानले सहजीकरणको भूमिका निर्वाह गरेकै कारण जिल्ला समिति गठन सम्भव भएको उल्लेख गर्दै प्रतिष्ठानको आफ्नै भवन निर्माण गर्ने अभियान अघि बढेमा व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । अधिवेशनले गोकुलप्रसाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गोविन्दप्रसाद दाहाल, सचिवमा उमेश दाहाल, सहसचिवमा माधवप्रसाद दाहाल तथा कोषाध्यक्षमा अस्मिता दाहाल चयन भएका छन् ।सदस्यहरुमा रामेश्वर दाहाल, हरिप्रसाद दाहाल, नुरप्रसाद दाहाल, देवकी दाहाल, उमेश दाहाल, (रालुका), भावना दाहाल र सावित्री दाहाल चयन भएका छन् । लेखा समितिको संयोजकमा नुरप्रसाद दाहाल तथा सदस्यहरूमा सरोज दाहाल र रेखा दाहाल चयन भएका छन् । युवा समितिको संयोजकमा उमेश दाहाल तथा सदस्यहरूमा दिनेश दाहाल, कृष्णप्रसाद दाहाल, दिनानाथ दाहाल र भवानी दाहाल चयन भएका छन् ।

सल्लाहकार समितिको संयोजकमा शिवप्रसाद दाहाल तथा सदस्यमा शुकदेव दाहाल, टेकनाथ दाहाल र अर्जुन दाहाल रहेका छन् । कार्यक्रममा नेपाल समाजका उपाध्यक्ष नारायण नेपाल, पुडासैनी समाजका उपाध्यक्ष टीका पुडासैनी, बासुदेव दाहाल, नारायण दाहाल, शुकदेव दाहाल, विनोद दाहाललगायतले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै दाहाल समुदायलाई संगठित, सक्रिय र सामाजिक उत्तरदायी बनाउन प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

अध्यक्ष गोकुलप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलकोटगढी नपा –२, बेलकोटगढी–८, जिलिङ लगायत नुवाकोटका विभिन्न स्थानबाट झण्डै दुईसय जना दाहाल बन्धुहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटमा प्रारम्भिक अनुसार तीनसय वढि दाहाल घरपरिवार रहेको जानकारी पनि दिइएको थियो भने अधिवेशनले दाहाल समुदायबीच आपसी एकता, सहयोग र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै शिक्षा, सामाजिक सेवा, विपद् व्यवस्थापन तथा समुदायको समग्र विकासमा प्रतिष्ठानलाई सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।


सर्वाधिक रुचाइएको