अपराध न्युनीकरणको कार्य

– पन्चकन्यामा नागरिक सुनुवाई
लोकखबर
२०८३ असार २०, शनिबार ०१:३२

बिदुर – अपराध न्युनीकरणका लागि नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमको अवधारणाअन्तर्गत नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा पञ्चकन्या गापा–३ स्थित लाकुरीभन्ज्याङमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले अपराध नियन्त्रण, न्युनीकरणमा समुदायका सवै क्षेत्रको सक्रिय सहभागिताको आवस्यकता रहेको वताए ।

पञ्चकन्या गापाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले गाउंमा अपराधमुक्त अभियानको लागि सवै केन्द्रीत रहेको वताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मी, ट्राफिक प्रहरी निरीक्षक बिनोद ढकाल, प्रहरी निरीक्षक अनुप गुरुङ, इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक लोकराज पाठकलगायतले नागरिक सुरक्षा र अपराधमुक्त समाजको निर्माणमा समुदायका सवै पक्षको सहभागिताको आवस्यकता रहेको जोड दिए ।

कार्यक्रममा सेवाग्राहीहरूले सवारी तथा नाका चेकजाँचलाई थप प्रभावकारी बनाउन, बढ्दो अपराध नियन्त्रणका लागि प्रहरीको भूमिका सुदृढ गर्न, ग्रामीण क्षेत्रमा प्रहरी जनशक्ति वृद्धि गर्न तथा चोरी, डकैती र लुटपाटजस्ता घटनाको नियन्त्रणका लागि नियमित प्रहरी गस्ती बढाउनुपर्ने माग राखेका थिए । उक्त गुनासाहरूलाई प्रहरी उपरीक्षक विपिन रेग्मीले नागरिकका सुझाव र गुनासाका आधारमा आगामी दिनमा प्रहरी सेवालाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । “नागरिक सुनुवाई कार्यक्रम“ सेवाग्राहीको गुनासो सम्बोधन विषयमा आधारित रहि सम्पन्न गरिएको हो ।


सर्वाधिक रुचाइएको