बेलकोटगढीमा सिपमुलक कार्यक्रम

– बेकरी निर्माण प्रशिक्षण
लोकखबर
२०८३ असार २३, मंगलवार ११:०७

बिदुर – नगरवासीलाई सिप सिकाएर आतमनिर्भर बनाउने उद्धेश्यले नुवाकोटको बेलकोटगढी नगरपालिकाले सिपमुलक कार्यक्रम सन्चालन गरेको छ । जसअन्र्तगत बेकरी निर्माण सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

बेलकोटगढी नपाको बाघखोरमा सन्चालित एक महिने बेकरी निर्माण प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । मेयर जगतवहादुर गुरुङले तालिमको समापन गर्दै सिपलाई सदुपयोग गरि स्वरोजगार हुन सहभागीहरुलाई आग्रह गरे ।

व्यवसायी र व्यवुसाय गर्न इच्छुक गरि ३० जनाको तालिममा सहभागिता रहेको थियो । उपमेयर शिवप्रसाद दाहालले सिपलाई  प्रवद्र्धन गरि आत्मनिर्भर र स्वरोजगार हुन आग्रह गरे ।


सर्वाधिक रुचाइएको