दुर्घटनामा वृद्धको मृत्यु

– चालक प्रहरी नियन्त्रणमा
लोकखबर
२०८३ असार २३, मंगलवार ११:१४

बिदुर – नुवाकोटको बट्टारवजारमा भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । पासाङल्हामु मार्गअन्र्तगत नुवाकोटको बिदुर नगरपालिका ४ बट्टारबजारमा मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार बिदुरबाट बट्टारतर्फ जादै गरेको बा४७प १६३४ नम्वरको मोटरसाइकलले पैदल हिडिरहेका स्थानीय ५५ बर्षिय प्रेमप्रसाद रिजाललाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए । टाउकोमा चोट लागेका रिजालको तत्काल उद्धार गरि त्रिशूली अस्पताल नुवाकोट लगिएकोमा त्यहा प्रारम्भिक उपचार गरि थप उपचारका लागि ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल लगिएको थियो ।

घाइते रिजालको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार प्रहरीले ठक्कर दिने मोटरसाइकल चालक बिदुर नपा १ का ३० वर्षिय राजकुमार मिजारलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

 

 


सर्वाधिक रुचाइएको