युवा विद्यार्थी सचेतना कार्यक्रम
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको खरानीटारमा सन्चालित युवा विद्यार्थी सचेतना कार्यक्रम समपन्न भएको छ । ६५ दिनसम्म सन्चादित उक्त कार्यक्रमको समापन गरिएको छ । प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश सरकार, हेटौंडा र तादी गाउँपालिकाको संयुक्त आयोजनामा सन्चालित उक्त कार्यक्रमको तादी गापाका अध्यक्ष सन्तमान तामाङले समापन गरे ।

उनले यसवाट युवा विद्यार्थीहरुमा सचेतना अभिवृद्धि हुनुका साथै क्षमता अभिवृद्धिमा महत्वपुर्ण भुमिका खेलेको वताए । उनले तालिमको सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेर तालिमको समापन गरेका हुन् । कार्यक्रममा तादी गापा ३ का वडाध्यक्ष सोनाम तामाङ, तादी १ का वडाध्यक्ष नकुरदोङ्ग तामाङ, कफि प्रशिक्षकहरु सोनाम तामाङ र शिक्षा शर्माले तालिमको महत्वका वारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा तादी गापाका युवा विद्यार्थीहरुको सक्रिय सहभागितामा ६५ दिनसम्म संञ्चालन भएको बारिष्टा तालिम सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । सो कार्यक्रममार्फत सहभागीहरूले व्यवसायिक रूपमा कफी तयार गर्ने सम्बन्धी सीप तथा ज्ञान हासिल गर्नुको साथै व्यवसायिक सीप र प्रमाणपत्रले रोजगारीका अवसर तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।






















































