नेकपा अध्यक्ष प्रचण्डको एक दिन नुवाकोटमा
बिदुर – आराम तथा पारिवारिक भेटघाटका क्रममा राजधानी वाहिर जान रुचाउने पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट आइपुगेका छन् । उनले नुवाकोट दरवार क्षेत्र र बिदुरमा एक दिन दिन विताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका साथै पारिवारिक भेटघाटका क्रममा नुवाकोट आएका हुन् ।

छोरी गंगा दाहालसहित मंगलबार नुवाकोट आइपुगेका प्रचण्ड एक दिन वसेर वुधवार काठमार्डौ फर्किएका छन् । प्रचण्ड बिदुर नगरपालिका २ स्थित साततले दरवार नजिक वास वसेका हुन् । उनले यसपटक राजनीतिक कार्यक्रमभन्दा पारिवारिक भेटघाट र शान्त वातावरणमा समय बिताउन प्राथमिकता दिएका हुन् ।

यही कारण अधिकांश पार्टी नेता–कार्यकर्तासँग विस्तृत भेटघाटको कार्यक्रमसमेत तय नगरिएको नेकपा नुवाकोटले जनाएको छ । यद्यपि, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तथा नेकपा नेता रजिन्द्रविक्रम ठकुरीलगायतका पार्टी नेता कार्यकर्ता तथा जनप्रतिनिधि भने प्रचण्ड भेट्न गएका थिए । अध्यक्ष दाहालको यस भ्रमण पूर्ण रूपमा पारिवारिक भएकाले जिल्लाका राजनीतिक गतिविधि वा औपचारिक कार्यक्रम राखिएको थिएन ।

प्रचण्ड मंगलबार विदुर नगरपालिका–२ स्थित नुवाकोट टाकुरोमा बसेका थिए । प्रचण्डको भ्रमण पारिवारिक भएपनि उपलब्ध रहेका केही नेता तथा कार्यकर्तासँग भने उनीसंगले संक्षिप्त भेटघाट गरेका थिए । प्रचण्डले बिदुरमा पुगेर आफ्ना सहकर्मी स्व. पोष्टबहादुर बोगटीको निवासमा पुगेर उनकी धर्मपत्नी तथा संविधान सभा सदस्य राममाया बोगटीको निमन्त्रणामा पारिवारिक भेटघाट गरेका थिए ।

भेटघाटपछि उनी राजधानी काठमाडौं फर्किएकोे जनाइएको छ । प्रचण्डको यो भ्रमणलाई पारिवारिक र राजनीतिक भेटघाटभन्दा पारिवारिक सम्बन्धलाई प्राथमिकता दिँदै नुवाकोटमा एक दिन बिताएर काठमाडौं फर्किएका हुन् ।












































