कोरा साइक्लिङको दोश्रो संस्करणको तयारी
बिदुर – खेल, पर्यटन र पर्यावरणलाई एकसाथ अगाडि वढाउने उद्धेश्यले नुवाकोटको बिदुरमा कोरा साइक्लिङको दोश्रो संस्करण आयोजना गरिएको छ । आगामी साउन २ गते बिदुरमा सन्चालन हुने उक्त कोरा साइक्लिङको तयारी सुरु भएको छ । “खेल, स्वास्थ्य, पर्यटन र पर्यावरण“लाई एकसाथ लैजाने उद्देष्यले बिदुर नगरपालिकाको आयोजनामा गत वर्षदेखि सन्चालन भएको ‘विदुर कोरा साईक्लिङ च्यालेञ्ज’ यस वर्ष पनि आगामी साउन २ गते शनिबार सञ्चालन हुने भएको छ ।

यसमा सहभागिताको लागि सम्पूर्ण साइकलप्रेमी महानुभावहरुलाई आब्हान गर्दै नाम दर्ताको लागी अनुरोध गरिएको मेयर राजन श्रेष्ठले वताए । उनका अनुसार स्वस्थ्य जीवनशैली, वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित यस अभियानमा सम्पूर्ण साइकलप्रेमी महानुभावहरूलाई उत्साहपूर्वक सहभागी हुन हार्दिक आमन्त्रण गरिएको छ । कार्यक्रममा सहभागी हुने व्यक्तिहरूलाई कार्यक्रमको सन्देश अंकित टी–शर्ट, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।












































