चलचित्र संग्रहालयलाई ऐतिहासिक सामग्री
– बोर्डका अध्यक्ष डीसीलाई हस्तान्तरण
बिदुर – चलचित्र सङ्ग्रहालयलाई नेपाली चलचित्रका ऐतिहासिक सामग्री हस्तान्तरण गरिएको छ । ति सामग्रीहरु चलचित्र विकास वोर्डले चलचित्र संग्रहालयमा राख्ने भएको छ । निर्देशक, कथाकार, पटकथा लेखक तथा वरिष्ठ कलाकार मोहन निरौलाले चलचित्र ‘जन्मभूमि’को पोस्टर र ‘पुकार’का साउन्ड कार्टेजहरू चलचित्र विकास बोर्डका चलचित्र सङ्ग्रहालयका लागि हस्तान्तरण गरेका हुन् ।

उनले बोर्डका अध्यक्ष दिनेश डीसीलाई ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा चलचित्रकर्मीहरु देवेन्द्र पाण्डे, अमर वली, रामशरण कोइराला र निरोज खुलालको सहभागिता रहेको थियो । नेपाली चलचित्र इतिहासका महत्वपूर्ण सामग्री संरक्षणमा निरौलाले पु¥याएको योगदान निकै महत्वपुर्ण रहेको बोर्डका अध्यक्ष दिनेश डीसीले वताए ।













































