सडक स्तरोन्नतीसहित कालोपत्रे
बिदुर – नुवाकोटको कल्याणपुरमा सडक स्तरोन्नतीसहित कालोपत्रे गरिएको छ । बजारमा हरियाली सौन्दर्यकरण गरिएको छ । विदुर नगरपालिका १३ कल्याणपुरस्थित अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने मुख्य सडकको स्तरोन्नतीसहित कालोपत्रे गरिएको हो । उक्त कार्यको विदुर नपाका मेयर राजन श्रेष्ठसहितको टोलीले अबलोकन तथा निरीक्षण गरेको छ ।

विदुर नपाले कुल तीन करोड लागतमा ठेक्का लगाई स्तरोन्नतीसहित कालोपत्रे गरिएको उक्त सडक पहिलो चरणमा एकहजार एकसय मिटर कार्य सम्पन्न भएको छ । बिदुर ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल, बिदुर १३ का वडाध्यक्ष भरत तामाङ, बिदुर ८ का निवर्तमान वडाध्यक्ष फैसिङ तामाङ, बिदुर नपाका प्राविधिक सहितको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो । विदुर नगरपालिकाको मुख्य बजार क्षेत्रलाई सौन्दर्यकरण मार्फत आकर्षक, व्यवस्थित तथा पर्यावरणमैत्री बनाउने अभियान सनचालन गरिएको छ ।

जसअन्र्तगत विदुर नपा–१ स्थित त्रिशूली पुल, त्रिशूलीबजारसहित आसपासका स्थानमा विभिन्न जातका फूल रोपण तथा फूल सहितको गमला राख्ने कार्य गरिएको छ मेयर राजन श्रेष्ठबाट विदुर नपा–४ हावाघर क्षेत्रमा केही समयअघि फूल रोपण सहित विद्युतीकरण गरिएकोमा यस अभियानलाई निरन्तरता दिदै त्रिशूली बजार क्षेत्रमासमेत विस्तार गरिएको हो । यस कार्यमा उपमेयर प्रभा बोगटी, बिदुर १ का वडाध्यक्ष लेनिन रञ्जित, बिदुर ९ का वडाध्यक्ष हरेराम भण्डारीलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

















































