अन्र्तजातीय बिबाह प्रोत्साहन
बिदुर – विभेदरहित नमूना समाजको निर्माण गर्ने उद्धेश्यले नुवाकोटसंगै जोडिएको रसुवाको उत्तरगया गाउँपालिकामा अन्र्तजातीय बिबाह प्रोत्साहन कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत अन्र्तजातीय बिबाह गरेका जोडीहरुलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको छ । उक्तगया गापाले कार्यक्रमकावीच दलित–गैह्रदलित विवाह प्रोत्साहन कार्यक्रम अन्र्तगत ६ जोडिलाई सममानसहित ५० हजार रुपैया प्रदान गरेको छ ।

गापा अधयक्ष माधव अर्याल, उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशासकिय अधिकृत होमनाथ दाहाललगायतले सरोकारवालाहरुले नगदसहित सम्मानित गरेका हुन् । यसरी नगदसहित सम्मानित हुनेहरूमा उत्तरगया गापा १ का रोशन तामाङ र उत्तरगया गापा २ की सुप्रिया परियार, उत्तरगया ३ का संजय विश्वकर्मा र सन्तोषी गुरूङ, सोही वडाका आयुव विक र निशा गुरूङ, उत्तरगया १ का सुमन तामाङ र उत्तरगया २ कीे सरिता नेपाली, उत्तरगया ४ का रविन विश्वकर्मा र नुवाकोटको बिदुर नगरपालिका कि सोनिया वस्नेत, उत्तरगया २ का शुभराज तामाङ र बराहताल गापा १ सुर्खेतकी लक्ष्मी वराइली रहेको उत्तरगया गापाले जनाएको छ ।















































