नुवाकोट पूर्ण खोप सुनिश्चित घोषणा
बिदुर – आधारभभुत स्वास्थ्य सेवाको पर्याप्ततालाई ध्यान दिदै नुवाकोटमा खोप लगाउनु पर्ने वालवालिकाहरुको पहिचान गरिएको छ । पहिचानसंगै खोप लगाएर आवस्यक प्रक्रियासमेत पुरा गरिएको छ ।जन्मेदेखि १५ महिनासम्मका वालवालिकाहरुले लगाउनु पर्ने विभिन्न खोपको मात्रा पुरा गरेपछि नुवाकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणित जिल्ला घोषणा गरिएको छ ।

बिदुरमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । १२ स्थानीय तह रहेको नुवाकोटमा खोज र खोप अभियान सन्चालन गरि ८८ वटै वडामा पुगेर मापदण्ड भित्र रहेका दुईहजार पांचसय ५१ जना वालवालिकालाई पूर्ण खोप लगाएसंगै नुवाकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणित जिल्ला घोषणा गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनामएको छ । साथै, अभियानमा खोपमा छुटेका १६ देखि २३ महिनासम्मका चार जना वालवालिकालाई पूर्ण खोप लगाइएको कार्यालय प्रमुख डा. अन्जु कार्कीले जानकारी दिइन् ।

बिदुरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बिदुर नपाका मेयर राजन श्रेष्ठ, बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङ, लिखु गापाका अध्यक्ष ध्रुव श्रेष्ठ, दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापा, तादी गापाका अध्यक्ष सन्तमान तामाङ, किस्पाङ गापाका कावा अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत विभिन्न स्थानीय सरोकारवाला पक्षका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नुवाकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणित जिल्ला घोषणा गरिएको उपलब्धि सरोकारवाला, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्थानीय तह, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकाय तथा सम्पूर्ण नुवाकोटवासीको साझा प्रयास र सहकार्यको परिणाम रहेको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले वताए । उनले पूर्ण खोप सुनिश्चितताले बालबालिकालाई खोपबाट बच्न सकिने विभिन्न रोगबाट सुरक्षित राख्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको वताए ।


























































