ज्येष्ठ नागरिक अस्पताल निर्माणको पहल

– जनप्रतिनिधिसंग अन्र्तक्रिया, मन्त्रिद्वारा सकारात्मक प्रतिक्रिया
लोकखवर विशेष संवाददाता
२०८३ श्रावण ७, बिहीबार १५:२९

बिदुर  – नुवाकोटको प्रसिद्ध देवीघाटमा ज्येष्ठ नागरिक अस्पताल निर्माणको अभियान सन्चालन गरिएको छ । आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–रसुवागढी सडकमार्गको वीचमा रहको बिदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको परिसरमा ज्येष्ठ नागरिक अस्पताल निर्माणको लागि सहयोग संकलन सुरु गरिएको छ ।

हाल त्यसका लागि संघीय सरकारको बजेटबाट एक करोड रुपैया विनियोजन भएपछि यसको निर्माण प्रक्रिया सुरु भएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए । ज्येष्ठ नागरिक अस्पताल निर्माणको सन्दर्भमा नुवाकोट २ का प्रतिनिधि सभा सदस्य डा. अचुतम लामिछानेको पहल र सहकार्यमा सरोकारवाला दुई जना मन्त्रिसंग अन्र्तक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र महिला तथा बालबालिका मन्त्री सीता बादिसँग ज्येष्ठ नागरिक अस्पताल निर्माणको विषयमा आवश्यक छलफलसहित अन्र्तक्रिया गरिएको हो ।

ज्येष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य सेवा र सुरक्षित भविष्यलाई प्राथमिकतामा राख्दै अस्पताल निर्माणको कार्यलाई यथाशीघ्र अगाडि बढाउने विषयमा दुवै जना मन्त्रिसंग सकारात्मक संवाद भएको प्रतिनिधि सभा सदस्य डा. लामिछानेको भनाई छ । उनले ज्येष्ठ नागरिक आश्रममै ज्येष्ठ नागरिक अस्पताल निर्माणको अभियान सुरु हुनु निकै सकारात्मक रहेको वताए ।

ज्येष्ठ नागरिक अस्पताल निर्माणको महत्वपूर्ण कार्यमा साथ, सहयोग र प्रतिबद्धता जनाउने सम्पूर्ण सहयोगीहरूलाई सम्मान रहेको प्रतिष्ठानका अध्यक्ष नेपालले वताए । उनका अनुसार बांकी रकम, नुवाकोटका १२ वटै स्थानीय तह, वागमति प्रदेश सरकार, सरोकारवाला, दाताहरुको सहयोग संकलन गरि अस्पताल निर्माण गरिने योजना रहेको छ ।


सर्वाधिक रुचाइएको