संघ, प्रदेश र संघीय सरकारवीच समन्वय गरेर अगाडि वढिनेः सन्चारमन्त्रि
बिदुर – पुर्वाधार र प्रविधिलाई प्राथमिकता दिदै देशमा तीनै तहको सरकारवीच समन्वय गरि प्रभावकारी कार्य गरिने सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले वताएका छन् । उनले समन्वयवाटै जनताले चाहेको विकास र परिवर्तनको रेखा अगाडि वढ्नेसमेत वताए । नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री डा. तिमिल्सिनाले ककनी गाउँपालिकाका जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया गर्दै सहकार्य, साझेदारी तथा समन्वयवाटै देशमा परिवर्तन आउने वताए ।

उनले ककनीसहित नुवाकोटको विकास निर्माण, नागरिकका समस्या तथा स्थानीय आवश्यकताबारे जानकारीसमेत लिएका छन् । छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जन, फोहोर प्रभावित वडाका वडाध्यक्षहरू पदमबहादुर श्रेष्ठ, कृष्ण घिमिरे, घननाथ बजगाई, प्रमुख प्रशासकीय अधिकृत खम्बराई राईलगायतले विकास, निर्माण, पुर्वाधार र ओखरपौवाको फोहोर व्यवस्थापनको विषयमा धारणा राखेका थिए । कार्यक्रममा सञ्चारमन्त्रीको सचिवालयका प्रमुख स्वकीय सचिव शिव थापा, स्वकीय सचिव जीवन खरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुसूदन ढकाल, रोजिन लामा र शिशिर फुयाँल लगायतले समस्या समाधानका लागि विशेष रुपमा पहल भइरहेकोसमेत वताए ।

छलफलमा ओरखरपौवा सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन, सडक पूर्वाधार, विपद् व्यवस्थापन, दूरसञ्चार सेवा, कृषि, गुठी जग्गा, रासायनिक मल वितरण तथा कुले–गौरीखर्क, तिनपिप्ले–चाउथे–गल्छी लगायत समग्र ककनीको सडकलाई प्राथमिकतामा राखेर आवश्यक पहल गर्ने छलफल भएको थियो । मन्त्री डा. तिमिल्सिनाले छलफलका विषयलाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै नुवाकोटको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयलाई निरन्तर अघि बढाइने बताए ।












































