भालुको आक्रमणबाट वृद्ध सख्त घाइते

– अस्पतालमा उपचार जारी
लोकखबर
२०८३ भाद्र ९, मंगलवार २३:११

बिदुर  नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा भालुको आक्रमण गर्दा एक जना स्थानीय वृद्ध घाइते भएका छन् । वृद्धको अस्पतालमा उपचार भइरहेको छ ।सदरमुकाम  बिदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको शिवपुरी गाउँपालिका–२, राल्पडाँडामा मङ्गलबार भालुको आक्रमणबाट स्थानीय ६१ बर्षिय धनबहादुर तामाङ सख्त घाइते भएको वडाध्यक्ष  कुमार तामाङले जानकारी दिए । उनका अनुसार बारीमा काम गर्न जाने क्रममा वृद्ध तामाङमाथि भालुले एक्कासी आक्रमण गरेको हो ।

स्थानीयवासीले उद्धार गरि उनलाई उपचारका लागि अस्पताल लगिएको  हो । बारीमा काम गर्ने क्रममा स्थानीय वृद्ध धनबहादुर तामाङमाथि भालुले आक्रमण गरि सख्त घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।  भालुको आक्रमणबाट वृद्ध तामाङको टाउको र शरीरका विभिन्न अंगमा चोट लागेको छ । घटनास्थलवाट उद्धार गरि  उनलाई प्राथमिक उपचारपश्चात् तत्काल थप उपचारका लागि काठमाडौँस्थित लगिएको थियो  ।


सर्वाधिक रुचाइएको