बाढीमा वेपत्ता शव नभेटिएपछि अन्तिम संस्कार सुरु

कुशको शव वनाएर अन्त्येष्टि
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र १८, बिहीबार २२:५६

बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाकाबाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा वेपत्ता भएकाहरुको शव नभेटिएपछि शव विनै अन्तिम संस्कार सुरु गरिएको छ । परम्परा अनुसार कुशको मानवाकृत वनाएर अन्तिम संस्कार सुरु गरिएको हो । भोटेकोशी हुदै त्रिशूली नदीमा वुधवारमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरुको लगातार खोजी गर्दासमेत वास्तविकता पत्ता नलागेपछि हिन्दु धर्मअनुसार कुशको आकृति वनाएर वेपत्ताका परिवारले अन्तिम स.कसर सुरु गरेको बिदुर नगरपालिाक ३ का वडाध्यक्ष वद्रीप्रसाद रिमालले वताए ।

उनले आफ्नो वडाका आठ जना उक्त प्रलयकारी वाढिमा परेर वेपत्ता भएकामा तनि जनाको कुशको मानवाकृत वनाएर अन्तिम संस्कार सुरु गरिएको वताए । उनका अनुसार एक सातासम्म परिवारले जिउंदो वा शव फेला नपरेपछि हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गर्न थालेका हुन् वेपत्तका परिवारले आफ्ना वासस्थान नजिकैको घाटमा कुशको शव बनाएर अन्तिम संस्कार गरिरहेका हुन् । बाढीका कारण नुवाकोटमा विहीवार वेलुकासम्म एकसय ८४ जनांको शव फेलmा पार्नुका साथै दुईहजार चारसय ८८ जना व्यक्ति अझै बेपत्ता छन् रहेको जिल्ला प्रशनासन कार्यालय नुवाकोटले जनाएको छ । तीनहजार तीनसय पांच जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार बाढीले प्रभावित नुवाकोटको त्रिशूली, ढुंगे, देवीघाट, वेत्रावति, तारकेश्वर, शान्तिवजारका स्थानमा आठौं दिन पनि स्थलगत र हेलिकप्टरमार्फत खोज तथा उद्धार कार्य जारी छ । नुवाकोटका विभिन्न २४ वटा होल्डिङ सेन्टरहरुमा तीनहजार उकसय ८१ जना आश्रित रहेका छन् । अधिकांशले आफ्ना हराएकाहरुको कुशको मानवाकृत वनाएर अन्तिम गर्न सुरु गरेका छन् । बिदुर नपा ७ तुप्चे सोलेवजारकी सरस्वती भट्ट, छोरा केशव, वुहारी तथा नातीको कुशको मानवाकृत वनाएर छोरा राजकुमारले अन्तिम संकार सुरु गरेका हुन् ।

परिवारले एक साता वित्दासमेत शव फेला नपरेपछि हिन्दू परम्पराअनुसार कुशबाट बनाइएको प्रतीकात्मक शव राखेर अन्तिम संस्कार गरेका हुन् । वेपत्ता भएकाहरुका आफन्तले हराएकाहरुको शव फेला पर्ने आशा मेटिएको बताए । लामो समयसम्म खोजी गर्दा पनि शव फेला नपरेपछि उनको आत्माको शान्तिका लागि परम्पराअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरेको आफन्तले बताए । रसुवावाट बाढीमा वेपत्ता भएका बिदुर नपा ५ पिपलटारका रमेश गजुरेलको पनि शव नभेटिएपछि परिवारजनले कुशको मानवाकृति वनाएर अन्तिम संस्कार गरेका हुन् ।

यस्तै बिदुर नपा ७ तुप्चेका लोकनाथ रिजाल, विन्दा रिजाल, नमराज नेपालको पनि कुशको महानवाकृती वनाएर अन्तिम संस्कार गरिएको छ । सो वडावाट एकसय ६ जनाको मृत्यु भएको स्थानीय युवा कृष्ण रिजालले जानकारी दिए । उनका अनुसार हराएकामध्ये सोलेवजारकी ढकाल्नी आमोइको शव मात्र फेला परेको हो । बाढीमा परेर व्पत्ता भएकाहरुका रामहरि नेपाल, हिरानाथ नेपाल, हरि पौडेलको अन्तिम सस्कार सुरु गरिएको छ ।

स्थानीय युवा रिजालका अनुसार बेपत्ता भएका परिवारले घर नजिकैको घाटमा अन्तिम संस्कार गरेका हुन् । उनले सरकारको खोज तथा उद्धार प्रक्रियाप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् । आफ्ना आफन्तको अवस्था र खोजीबारे सरकारले पर्याप्त रूपमा सम्बोधन नगरेको वेपत्ता भएकाको परिवारजनको गुनासो छ । बाढीमा बेपत्ता भएका आफन्तको अवस्थाबारे परिवार अझै जवाफको पर्खाइमा छन् ।

बिदुर नपा ७ तुप्चे सोलेवाटै वासुदेव, गोमा, हिमालय, उमा र हिमानी पौडेल वेपत्ता भएकोमा उनीहरुको पनि कुशको मानवाकृती वनाएर अन्तिम संकास्र सुरु गरिएको छ । वासुदेव पौडेलका छोरा निराजन पौडेलले आफ्ना परिवारका पाँच सदस्यको कुशको आकृति बनाएर अन्त्येष्टि सुरु गरेका हुन् । यहि भदौ १० गते वुधवार त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी नुवाकोटको सोले, बेत्रावती, त्रिशूली, ढुंगे, देवीघाटलगायतका स्थानवाट सयौं बेपत्ता भएका थिए । सात दिनसम्म खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि अधिकांशले कुशको आकृति बनाएर अन्त्येष्टि तथा काजकिरिया सुरु गरेका छन् ।


सर्वाधिक रुचाइएको