बाढीवाट सुरुङमा फसेका कर्मचारीहरुको जिवितै उद्धार

– आठ दिनको लगातारको सक्रियतापछि सफलता
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र १९, शुक्रबार १०:३७

बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको उद्धार कार्य भइरहेको छ । बाढीले काम गरिरहेका बेला सुरुङमार्गमा थुनिएकाहरुको सुरक्षा निकायले उद्धार कार्य गरेको हो । माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजनाको सुरुङ भित्र थुनिएकाहरुको आठ दिनसम्मको लगातारको सक्रियतापछि शुक्रवार सकुसल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । लगातारको प्रयासबाट शुक्रवार दुई जनाको जीवितै उद्धार गरिएको हो ।

सेनाका प्रवक्ता राजाराम वस्नेतले आयोजनाका कामदार सञ्जय साह र कवीर महर्जनको जीवितै उद्धार गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुरुङमा अन्य हराइरहेकोहरुको खोजी भइरहेको छ । सुरुङमा हराइरहेका अन्यको पनि खोजी र उद्धार जारी रहेको सेनाले जनाएको छ । बाढीपछि आयोजनाभित्र हराइरहेका शाह र महर्जनलाई जारी खोज तथा उद्धार अभियानका क्रममा सुरक्षित रूपमा उद्धार गरिएको हो ।

यसलाई सुरक्षाकर्मी सम्मिलित खोज तथा उद्धार टोलीले आफ्नो महत्वपुर्ण र विशेष सफलताको रुपमा लिएको छ । उद्धार गरिएका शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् । त्रिशूली थ्री ए सुरुङभित्रबाट मानिसको आवाज आएको संकेतका आधारमा खोज तथा उद्धार कार्यलाई तिव्रता दिइएको छ ।

भोटेकोशी बाढीपछि अहिले खोज तथा उद्धार जारी रहेको छ । सेनाले भित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार  टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको सेनाका प्रवक्ता राजाराम वस्नेतले वताए ।

 


सर्वाधिक रुचाइएको