बाढीको भंगालोको बीचमा एकघण्टा

एकैपरिवारका पांचसहित ६ जना ज्यान जोगाउन सफल
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र १८, बिहीबार २२:२९

बिदुर – अकल्पनीय बाढीले चारतले घरलाई चारैतिरबाट घेरेर आसपासका सवै घर टहरो वगाउंदासमेत नुवाकोटकोे ढुंगेका एक परिवारका छिमेकीसहित ६ जनाले मृत्युलाई जितेका छन् । बाढी आएको जानकारी हुने वित्तिक्कै घरभित्र रहेका परिवारले बाढीले आफ्नै आंखा अगाडि विध्वंस र ताण्डव मच्चाइरहँदा टुलुटुलु हेरेर वस्नुवाहेक केहि उपाय नदेखि कोही रुने र कोही चिच्याउने गर्न थाले । बाढी वढिरह्यो, नजिक र संगैका अरु घर बाढीले स्वाट्टै निलिरहेको थियो । तर, बिदुर नगरपालिका १ ढुंगेवजारका छत्रवहादुर प्याकुरेलको परिवारले हार मानेनन्, मृत्युलाई जितेरै छाडे ।

भोटेकोशी हुदै त्रिशूली नदीमा आएको विनासकारी वाढीले मिनेटभरमै ढुंगेवजार निलिसकेको थियो । तर, प्याकुरेलको चार तले घरको तीन तला पानीले भरियो, उनीसहित उनका पत्निी, छोरा प्रकाश, वुहारी लक्ष्मी, नातिनी प्रदिशा र छिमेकी शालिकराम उभिएको चौथो तल्लो वरण्डासम्म भाग्ले बाढीमिश्रित पानी आएन् । नजिकवाट मृत्यु देखेका भाग्यमानी ६ जनाले मृत्युलाई जिते । भगवानको पुकारा गरिरहे । महिला तथा सानी वालिका निरन्तर रोइरहिन्, भगवानले पुकारा सुनेछन् कि के हो? पानी कम भयो, एक घण्टापछि छिमेकी, नातेदार, आफन्त तथा सर्वसाधारणले बांस तथा डोरीमार्फत ६ जनालाई बाढीले दपेटेको घरवाट उद्धार गरे ।

चारैतीर बाढीले लपेको उनीहरु घरमाथि डराउँदै जीवन जोगाउने कठिन प्रार्थना र सङ्घर्षमा थिए । भीषण बहावका बीच उक्त घरवाट स्थानीय वासीले आफ्नो ज्यानको बाजी थापेर उनीहरूको सकुशल उद्धार गरेका हुन् । भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले छत्रबहादुर प्याकुरेल र उनको पांच जनाको परिवारका लागि भने उनीहरू बसेको घर जीवन र मृत्युबीचको अन्तिम सहारा बन्यो । चारैतिर उर्लंदो लेदो र भीषण बहावले आसपासका भौतिक संरचनाहरू क्षणभरमै ढलाउँदा पनि प्याकुरेलको घर भने बाढीको तीव्र भेलबीच नलडि अडिग रहेका हो ।

“घरभित्रै जीवन जोगाउने कठिन सङ्घर्ष नयाँ जीवन पायौँ, सम्झिँदा कहाली लाग्छ“–उद्धार गरिएका शालिकराम अर्यालले भन्े । त्यो भयावह क्षण र डरलाग्दो बाढस्लाई सम्झिँदै अर्यालले भावुक हुदै भने “म पसलमा काम गरिरहेको थिए, एक्कासी बाढी आयो, अगाडि नजिकको घरमा पसेको हुं, प्याकुरेलका सानो नात िस्कुल वट्टार गइसकेका रेछन्, हाम िभने त्यहीँ माथि वरण्डामा उभियौँ, कसरी नयाँ जीवन पायौँ, अहिले सम्झिँदा झन् कहाली लाग्छ ।” विपत्तिको मुखबाट जोगिन सफल भएकोमा भगवान् र उद्धारमा खटिने स्थानीयवास्,ि नातेदार, छिमेकी तथा युवाहरूप्रति आभार व्यक्त गर्दै उनले भने हामीलाई बचाउन सहयोग गर्ने छिमेकी दाजु–भाइहरूलाई मनदेखि धेरै–धेरै धन्यवाद, यो गुन सायद कहिल्यै तिर्न सक्दैनौँ होला ।”

छत्रवहादुर प्याकुरेलका पांच जना परिवारसहित मेरो नया. जुनी फेरियो, नयाँ जीवन पाइयो, रुन्चे स्वरमा अर्यालले भने । आफुहरु उभिएको अर्यालको घर नभत्किएको भने्र देश तथा विदेशमा चर्चासमेत पाइरहेको अर्यालले वताए । आसपासका सबै संरचना बगाएर विनाश मच्चिँदा पनि प्याकुरेलको घर नढल्नु र स्थानीयवासीले ६ जनाको उद्धारमा देखाएको तत्परताका कारण एकै परिवारका सदस्यहरूले चमत्कारिक रूपमा पुनर्जन्म पाएका छन् । अर्या तथा प्याकुरेलको परिवारले उक्त घर नजिकै आआफ्नो पसल सञ्चालन गर्दै आएका थिए ।

भदौ १० गते बुधबारको विहान १० वजे अरु दिनभन्दा फरक थिएन । ४२ वर्षकी लक्ष्मी । उनका श्रीमान प्रकाश, ११ वर्षकी छोरी प्रदीशा । सासु भक्तकुमारी र ससुरा छत्रबहादुर घरमै थिए । छोरा प्रयान करिव १५ मिनेट अगाडि बट्टारमा रहेको स्कुल गइसकेका थिए । प्रदिशा भने हजुरआमासँग स्कुल जाने तयारीमा थिइन् ।
त्यही बेला अचानक बाहिर मानिसहरु ठुलो आवाजमा कराएको सुनियो । बाढी आयो, बाढी …। लक्ष्मीले सुरुमा सासुलाई बाहिर जान आग्रह गरिन् । तर, बाढी यति आइसकेको थियो कि बाहिर जानु झन खतरनाक महसुस भयो । त्यसैले लक्ष्मी र उनको श्रीमान प्रकाशले आमालाई बाहिर जान रोकिन् ।

त्यसैले परिवारका सबै घरभित्रै बसे । घर अगाडि मेशिनरी मर्मतको व्यवसाय गर्दै आएका छिमेकी शालिकराम अर्याल पनि दौडदै आइपुगेका थिए । नदीमा भीमकाय बाढी बढ्दै गयो, घर डुब्दै गयो, तेस्रो तलासम्म डुब्यो, घरमा भएका सबै चौथो तलाको वरण्डामा उक्लिए । अब तल झर्ने कुनै सम्भावना थिएन । घरको वरिपरि बाढी मिश्रित त्रिशूली उर्लिएको थियो । बाढीले घरहरु ढाल्दै थियो । केही नराखेर बढारेर लैँजादै थियो । उनीहरु फसेको घरका अघि र पछि बगेर आएका गाडी र अनेकन सरसामान थुप्रिँदै थियो ।

लेदो बाढीले घर पुरिनसक्ने जोखिम बढ्दै थियो । घरभित्र फसेकाहरु वरण्डामा आएर आफ्नो घर र सुरक्षित रहेर माथिबाट चिच्याइरहेका परिवारका सदस्य र छिमेकहीहरुलाई हेर्दै थिए । बाढीको बेग यस्तो थियो कि त्यहाँ गर्न सकिने केही थिएन । तर, अरु घरहरु बाढीले बढारिरँदा प्याकरेलको उक्त घर भने जोगिँदै थियो ।
त्रिशूली नदी बाढीसहित गडगडाइरहेको थियो । गेग्रान मात्र होइन, ठूलठूलो ढुंगा समेत बगाएर ल्याएको थियो, त्यसैले घर हल्लिएको जस्तो हुन्थ्यो । शक्तिशाली भूकम्प गएको भन्दा कम थिएन–फसेका शालिकराम अर्यालले वुधवार सुनाए ।

वरिपरिका घरहरु एकपछि अर्को त्रिशूलीको बाढीमा बिलाइरहेको थियो । घर पनि कतिबेला ढल्ने हो, कुनै टुंगो थिएन । त्यसैले उनीहरुलाई पनि लाग्यो, अब यही अन्तिम हो । प्याकुरेलकी वुहारी लक्ष्मी पाण्डेले आफन्तलाई फोन लगाउने कोसिस गरिन् । तर, फोनमा सिग्नल कमजोर थियो । उनले बोलेको कुरा आफन्तले राम्रोसँग सुन्नै सकेनन् । त्यो बेला लक्ष्मीले परिवारका सदस्यहरुलाई भनिन्, यदि मर्नुप¥यो भने सँगै मरौंला, तर उनीहरुलाई सबभन्दा ठूलो चिन्ता थियो, छोरा प्रयानको । उनी कहाँ होलान् ? कुन अवस्थामा होलान् ?

लक्ष्मीका अनुसार उनीहरुले प्रयानलाई बचाइदिन भगवानसँग धेरै प्रार्थना गरे । प्रयान सुरक्षित ठाउँमा थिए । उनको स्कुल बट्टार हो, जुन बाढी प्रभावित क्षेत्रभन्दा बाहिर थियो । तर, परिवारलाई त्यो कुरा थाहा थिएन । एक घन्टा भइसकेको थियो । त्रिशूलीमा बाढी कम हुदै गयो । त्यो उनीहरुका लागि आशाको पहिलो संकेत थियो ।
आफैं घरबाट बाहिर आउने अवस्था थिएन । केही क्षणमै आफन्त, छिमेकी, सहयोगी युवाहरु आए । आकाशमा हेलिकोप्टर पनि उड्न थालेको थियो । तर, उद्धारमा ढिलाई गर्न नहुने निर्णय नजिकै भएकाहरुले निणृय लिए ।

सो घरको भान्छा रहेको भाग फुटेको थियो । त्यही भागबाट उनीहरुलाई बाहिर निकाल्न सुक्षित हुने देखियो । काठ र वांसको भ¥याङ ल्याए । पाइप र डोरीको सहायताले उनीहरु ६ जनालाई एक÷एक गर्दै घरबाट बाहिर निकाले । घरधन िछत्रवहादुर, पत्नी छोरा प्रकाश, वुहारी लक्ष्मी, नातिनी प्रदिशा, उनका छिमेकी शालिकराम सबैलाई हिलो हुदै बाहिर निकालियो । यद्यपि उक्त त्रासदी अझै सकिएको थिएन, आफूहरु त जसो त बाँचियो, परिवारको चिन्ता हटेको थिएन । नाती प्रयान यतिवेला कहाँ होला? कस्तो हालतमा होला भन्ने चिन्ताले सतायो ।

बाढीवाट फर्किएपछि थाहा भयो, नाती पनि सुकुशल छन् । परिवारको भेट भयो । बाढीले छिमेकीहरुको संसार मेटिसकेको थियो । उनीहरुको परिवार जीवित थियो ।
त्यो दिन त्रिशूलीले ढुंगेमा उनीहरुको घर वरिपरि छिमेकीको घर, टहरा, पसल धेरै बगायो । प्याकुरेल परिवार भन्छन्, हामीले नयाँ जीवन पायौं, सबैले चमत्कार भन्छन् । हामीलाई पनि थाहा छैन, हामी बसरी बच्यौं, बाढी आएको क्ष्समयको भिडियोहरु हेर्दा बच्यौं भन्ने विश्वास नै लाग्दैन । बाढीको समयमा सायदै कसैले उनीहरुलाई सकुशल निकाल्न सकिएला भन्ने सोचेका थिए । तर, एउटा चमत्कार नैै भएको छिमेकीहरु बताउंछन् । मुख्य विषय घर बाढीका बीचमा पनि ढलेन उनीहरुको ज्यान जोगियो ।

 


सर्वाधिक रुचाइएको