नुवाकोटमा संकलित शव त्रिवि शिक्षण अस्पतालमा

– रसुवाको नुवाकोटको पिपलटारमा
लोकखबर
२०८३ भाद्र १८, बिहीबार २२:४२

बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाकाबाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले वेपत्ता वनाएकाहरुको शव संकलन कार्य भइरहेको छ । शव संकलन कार्य हवाई तथा पैदलमार्फत भइहेको छ । नुवाकोटमा विहीवार वेलुकासम्म वेपत्ता भएकाहरुमध्ये एकसय ८६ जनाको शव संकलन भइसकको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये ३० वटा शव आफन्तको जिम्मा लगाइसकिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।

वाकी रहेको शव पहिचानका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको हवारीले वताए । बिदुरस्थित प्रहरीचेक पोष्टमा डिएनए संकलन केन्द्र सन्चालन गरिएको नुवाकोट प्रहरीले जनाएको छ । शव वाहन तथा हेलिकप्टरमार्फत शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको हो । हराएकाहरुको संख्या धेरै रहेका कारण मृतकको संख्या वढ्ने सुरक्षा निकायले जनाएको छ ।

यता, नुवाकोटको किदुर नगरपालिका ५ पिपलटारस्थित खेलकुद मैदानमा ७० वटा शव राखिएको छ । बाढीमा परेर रसुवावाट संकलन गरेर ल्याइएका शव राखिएको प्रहरीले जनाएको छ । केहि शवहरु शववाहनमार्फत काठमाडौ पठाइएको र अन्य शव लैजानका लागि शव वाहनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मानव वस्ती तथा विद्यालयको छेउमा शवहरुमा खुल्ला चौरमा राखिदा दुर्घन्ध वढेको स्थानीयवासीले वताए । शवको व्यवस्थापनका लागि प्रहरीले सक्रियता अपनाइरहेको जनाएको छ । शव वाहन खाली नहुंदा र समयमै नपाउंदा शवलाई काठमाडौं पठाउन ढिलाई भएको जनाएको छ ।


सर्वाधिक रुचाइएको