तीन स्थानमा वेलिव्रिज जडानको तयारी

त्रिशूली, देवीघाट र वेत्रावतिमा राखिने
देवचन्द्र भट्ट
२०८३ भाद्र १८, बिहीबार २३:१०

बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा पुलसमेत वगाउंदा सडक सन्जाल विच्छेद भएको छ । यसले गर्दा राहत सामग्री ढुवानी तथा उद्धारमासमेत कठिनाई भइरहेको छ । बाढीले नुवाकोट, रसुवा र धादिङका पुलहरु वगाएको छ । लाखौं व्यक्ति घरवारविहीन भएका छन्, हजारौं घरको निशाना नै छैन् ।

नुवाकोटको विभिन्न तीन स्थानमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकाटले जनाएको छ । त्रिदेशिय मार्ग अन्र्तगतको वीरगन्ज–गलछी–देवीघाट–बिदुर–वेत्रावति–रसुवागढी सडकखण्डको वचिमा पर्ने नुवाकोटको देवघिाट, त्रिशूली र वेत्रावतिमा बेलिब्रिज जडान गरिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसार रेग्मीले जानकारी दिए । उनका अनुसार विहीवार बेलिब्रिजका लागि प्राविधिकसहितको टोली आएर सर्भे गरेका छन्, सम्भव रहेको भनेका छन्, केहि दिनमा बेलिब्रिज जडान हुनेमा आफु आशावादी रहेको वताए । बेलिब्रिज जडान भएपछि नुवाकोटको पश्चिमी भेग तथा नुवाकोटवाट रसुवा यातायात सम्पर्कमा जोडिने र धेरै सहज हुने प्रजिअ रेगमीले वताए ।

क्षतिग्रस्त पुलहरू तत्कालै निर्माण गर्न नसकिने भएकाले ५० मिटरसम्मका बेलिब्रिज जडान गरी यातायात सुचारु गर्ने तयारी भइरहेको छ । नुवाकोटको देवीघाट, त्रिशूली बजार र बेत्रावती गरी तीन स्थानमा बेलिब्रिज जडान गरिनेछ । भदौ १० गतेको अकल्पनीय बाढीले नुवाकोट, रसुवा, धादिङसहित त्रिशूली नदीका ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भए । जसका कारण नुवाकोट, रसुवा, धादिङका सडक सञ्जाल ठप्प रहेको छ ।

तत्कालका लागि कतिपय स्थानमा वैकल्पिक सडक खुलाउने कार्य गरिएपनि त्यसले मात्रै सम्भव नभएको जनाइएको छ । बाढीले क्षति पु¥याएका यी पुलहरू तत्काल निर्माण गर्न सकिने अवस्था छैन, यसकारण पुल बगेका स्थानमा बेलिब्रिज राखेर तत्कालका लागि अस्थायी रूपमा सडक सञ्जाल जोड्ने तयारी भइरहेको नुवाकोट प्रशासनले जनाएको छ । सडक विभागअन्तर्गत पुल महाशाखाले पनि प्राथमिकताका आधारमा बेलिब्रिज जडान गरी यातायात सुचारु गर्ने तयारी भइरहेको जनाएको छ । ४८ मिटर लम्वाइका वेलिव्रिज जडान गरिने जनाइएको छ ।

प्राविधिकमार्फत सर्भे गरेर केहि दिनमै सामान आयात हुने जनाइएको छ । तत्काल नभई नहुने र पहुँचमार्ग ठप्प भएका स्थानलाई प्राथमिकता दिएर काम अघि बढाइएको छ । सडक विभागसँग हाल ५० मिटरसम्म लम्बाइका १० वटा जति बेलिब्रिज रहेको जनाइएको छ । त्यसलाई प्राथमिकताका आधारमा प्रयोग गरिने र ५० मिटरभन्दा लामो पुल चाहिने स्थानमा नेपाली सेनासँग सहयोग मागिने जनाइएको छ । सेनासंग ७३ मिटरका ३ वटा बेलिब्रिज रहेको जनाइएको छ । हाल नभई नहुने स्थानमा मात्र तत्काल बेलिब्रिज राख्ने सरकारको योजना रहेको जिल्ला दैवी प्रकोप उद्धार तथा व्यवस्थापन समितिले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको