२७ सय वढि बेपत्ता

– २०३ शव फेला, ६६ घाइते
लोकखबर
२०८३ आश्विन २, शुक्रबार २१:३०

बिदुर – लेन्देखोलावाट रसुवागढीमा हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ । बाढीले नुवाकोटको चार स्थानीय तहमा प्रभावित पारेको हो । नुवाकोटमा बाढीले वगाएको दुइसय तीन जनाको शव निकालिएको छ ।

जसमध्ये ४८ महिला, ५० पुरुष तथा लिंग पहिचान हुन नसकेका एकसय चार जना रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बाढीमा परेर हालसम्म नुवाकोटका दुइहजार सातसय १६ जना वेपत्ता रहेका छन् । जसमध्ये तीनसय ५४ जना विदेशी रहेका छन् । बाढीमा वेपत्ता भएकामध्ये दुईहजार तीनसय ६२ जना स्वदेशी रहेका छन् । ६ट जना घाइतेको उपचार गरिएको छ ।

हालसम्म बाढीमा परेका स्वदेशी र विदेशी गरि तीनहजार पांचसय ७९ जनालाई हेलिकप्टर तथा स्थलगत उद्धार गरिएको प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार बाढीले क्षति गरेको गल्छी– देवीघाट सडक खण्डको ठुलो खोला पुल सफा गरि सडक संचालनमा ल्याइएको छ । यद्यपि, पानी पुल माथिबाट बगिरहेको छ भने रातमाटेको कटान भएको सडक खण्ड बनाएर यातायात सुचारु गरिएको छ । राहत तथा उद्धारका लागि यातायात पुर्वाधार सन्चालनलाई प्राथमिकता दिइएको विपद वयवस्थापन समितिले जनाएको छ ।

बिदुर नपा १ ढुंगे बजार क्षेत्र देखि तिरतिरे भीरबाट वेत्रावतीतर्फ सडक सफा गर्ने कार्य सकिएको छ । ग्राबेल विछ्याउने र नाली बनाउने कार्य भईरहेको र बाँकी खण्डमा भएको चट्टान फोड्ने कार्य भईरहेको र केहि दिनमै सडक वेत्रावतिसम्म पुग्ने जनाइएको छ । विभिन्न सडक खण्डहरूमा १७ थान हेभी इक्विपमेन्ट तथा १७ थान ट्रिपर परिचालन गरी सडक मर्मत तथा सफा गर्ने कार्य भइरहेको छ । यसका साथै बिदुरवाट किस्पाङ्ग जोड्ने सलाखु खोलामा पुल बगाएको हुँदा उक्त स्थानमा एकसय २० सेमीको १६ थान ह्युमपाईप राख्ने कार्य भइरहेको छ ।


सर्वाधिक रुचाइएको