पुर्ननिर्माण तथा पुर्नउत्थानमा जोड

– बाढी पीडितहरुलाई प्रभावकारी योजना सन्चालन गरिनुपर्ने
लोकखबर
२०८३ आश्विन १०, शनिबार २२:०३

बिदुर – भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा प्रभावित पारेकाहरुको पुर्नउत्थान तथा पुर्ननिर्माणमा जोड दिइएको छ ।सरोकारवालाहरुको बिदुरमा विहीवार आयोजित अन्र्तक्रियामा सहभागीहरुले पीडितहरुको आवास पुर्नस्थापना तथा पुर्ननिर्माणमा जोड दिएका छन् । प्रलयकारी बाढी आएको एक महिना पुगेको छ ।

बिदुरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा, आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङसहितको विशेष अन्र्तक्रियात्मक छलफलमा पुर्ननिर्माण तथा पुर्नउत्थानका विषयमा छलफल भएको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयष्र प्रभा वोगटीलगायत नुवाकोटका सरोकारवलाको सहभागितामा विनासकारी बाढी पछिको अबस्था र आगामी दिनमा गर्नुपर्ने पुर्ननिर्माण तथा पुर्नउत्थानका विषयमा छलफल गरिएको हो ।

भोटेकोसी हुदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भएको विदुर नगरपालिका सहित बाढी प्रभावित क्षेत्रको पुर्नउत्थान तथा नुवाकोटको प्रमुख व्यापारिक केन्द्र त्रिशूली, ढुंगे, वेत्रावति, देवीघाटलगायतका स्थानमा बाढीले गरेको क्षति र यसबाट व्यवसायीले भोग्नुपरेको ठूलो जनधनको क्षतिको जानकारी गराइएको छ । विशेष गरेर नुवाकोटका व्यावसायीले गुमाएको क्षति, बाढी पीडितहरुको समस्या, आगामी दिनमा राज्यबाट गर्न सकिने सहजिकरण लगायतका विषय केन्द्रीत छलफल गरिएको हो ।

छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगायत सुरक्षा निकायका प्रमुखहरु, विदुर नपाको विभिन्न वडाको वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित व्यवसायीहरुको सहभागिता रहेको थियो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगर, पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सरकारका आर्थिक मामिला तथा तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक बिकासमन्त्री गिरबहादुर तामाङ, प्रदेश सभा सदस्य रमेशकुमार महत, बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बिहिबारै नुवाकोट आदर्श बहुमुखि क्याम्पस परिसर बट्टारमा नुवाकोट रेडक्रसद्वारा संचालित रेडक्रस आपतकालीन क्लिनिककोसमेत स्थलगत निरीक्षण अवलोकन गरेका छन् ।


सर्वाधिक रुचाइएको