राप्रपाको क्षेत्रिय अधिवेसन

– १ मा सम्पन्न, २ मा स्थगित
लोकखबर
२०८३ आश्विन ११, आईतवार २२:०२

बिदुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवाकोटमा क्षेत्रिय अधिवेसनहरु गर्न सुरु गरेको छ । जसअन्र्तगत नुवाकोट क्षेत्र नं. १ को क्षेत्रिय अधिवेसन सम्पन्न भएको छ भने क्षेत्र २ को अधिवेसन स्थगित भएको छ । क्षेत्र नं. १ को क्षेत्रिय अध्यक्षमा तेजवहादुर लामा सर्वसम्मत चुनिएका छन् ।

पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाअन्तर्गत भएको अधिवेशनबाट लामा क्षेत्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष लामासहित २७ जना सदस्य सर्वसम्मत चुनिएका छन् । लामा यसअघि पनि अध्यक्ष थिए । प्रदेश तहको नेतृत्वसमेत सर्वसम्मत रूपमा चयन गरिएको छ ।

प्रदेश अध्यक्षमा पूर्णबहादुर प्याकुरेल सर्वसम्मत चुनिएका छन् । बाढीका कारण बाटो तथा यातायातमा समस्याका कारण राप्रपा २ नं. क्षेत्रिय अधिवेसन भने स्थगित गरिएको छ । राप्रपा नुवाकोटका अध्यक्ष कुलवहादुर खड्गीले राप्रपा २ को प्रदेश सभा क्षेत्र तथा क्षेत्रिय अधिवेसन र जिल्ला अधिवेसन बाढीले तहसनहस गरेको सडकको सहजता भएसंगै पुनः मिति तय गरिने जनाएका छन् । राप्रपाले संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने क्रममा क्षेत्रीय तथा प्रदेश तहमा सहमतिको आधारमा नेतृत्व चयन गरेको जनाएको छ।


सर्वाधिक रुचाइएको