वेवारिसे शव भेटियो
– खोलामा पुरुषको शव
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको तादीखोलामा वेवारिसे शव फेला परेको छ । पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको हो । शवको पहिचानका लागि अस्पतालमा राखिएको छ ।

पन्चकन्या गाउंपालिका ४ स्थित तादीखोला किनारामा नामथर वतन नखुलेको करिव ४०/४२ वर्ष उमेरको जस्तो देखिने पुरुष ब्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार पहिचान हुन नसकेको शवको दाहिने खुट्टाको घुडा मुनिको भाग नभएको र शब सडेगली सकेको अबस्थामा फेला परेको छ । शवको मुचुल्का गरि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।











































