बाढीले क्षति गरेको झोलुंगे पुल सन्चालनमा

– आवतजावत सुचारु
लोकखबर
२०८३ आश्विन १६, शुक्रबार २३:५३

बिदुर – बाढीले क्षतिग्रस्त वनाएको नुवाकोटका झोलुङ्गे पुलहर धमाधम मर्मत भइरहेको छ । हालसम्म दुई वटा झोलुङ्गे पुल मर्मतपछि पूर्णरूपमा सञ्चालनमा आएका छन् । गत भदौ १० गते वुधवार विहान १० वजे ल्हेन्देखोलावाट त्रिशूली नदीमा आएको अकलपनीय बाढीले क्षतिग्रस्त नुवाकोटका झोलुङ्गे पुल मर्मतपछि सनचालनमा आएका हुन् । विद्यार्थि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई सुविधा पुगेको छ ।

बिदुर नगरपालिका ३ मैरीटार र बेलकोटगढी नगरपालिका–८ ठूलोखोला जोड्ने झोलुङ्गे पुल मर्मतपछि पूर्णरूपमा सञ्चालनमा आएको छ । यससँगै स्थानीयवासीको आवतजावत सहज भएको बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङको भनाई छ । उनका अनुसार बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुल लगातार तीन साताको मर्मतपछि सञ्चालनमा आएको हो । यसअघि नै बाढीले क्षति पु¥याएको बेलकोटगढी नगरपालिका–७र तारकेशवर गाउंपालिका २ कल्चेडी नुवाकोट जोड्ने झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा आइसकेको छ ।

ममृत गरिएको पुलबाट सुरक्षामा ध्यान दिदै आवतजावत गर्दा सावधानी र होसियारी अपनाउन आग्रह गरिएको छ । संयमित र सुरक्षित बनेर यात्रा गर्न वडाध्यक्ष शिवप्रसाद पनेरुको भनाई छ । पुल वारपार गरेपछि विभिन्न स्थानतर्फ जाने बाटो तथा सचेतना सम्वन्धि सूचना बोर्डहरू समेत राखिएका छन् । उक्त सूचना बोर्ड स्थानीय युवाहरूले तयार गरेका हुन् ।

यसैवीच, नुवाकोटसंगै जोडिएको उत्तरगया गापा. १, २ र ३ का आम सर्वसधारणको सहज आवतजावतलाई मध्यनजर गर्दै तुइन सञ्चालनका लागि आवश्यक जाली भर्ने तथा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । उक्त कार्य सम्पन्न भएसँगै स्थानीयवासीहरूलाई आवतजावतमा थप सहजता हुने विश्वास लिइएको स्थानीय युवा दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार तुइन जडानको काम छिट्टै सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

उत्तरगया–४ पैरेबेँसीबाट नुवाकोटको किस्पाङ–५ स्थित ३ बी हर्पबाट करिब एकसय मिटरको दूरीमा तुइन राख्ने तयारी भइरहेको छ । स्थानीयवासीको आवतजावत सहज बनाउन भइरहेको यो तयारीले बाटो तथा पुलबाट प्रभावित नागरिकलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । जनताको सहजता, सुरक्षा र आवतजावतलाई प्राथमिकतामा दिइएको छ ।


सर्वाधिक रुचाइएको