चाडपर्वमा यात्रुहरु चर्को भाडा तिर्न वाध्य
बिदुर – चाडपर्वमा यात्रुहरु नुवाकोटमा तोकिएको भन्दा धेरै भाडा तिर्न वाध्य भइरहेका छन् । नेपालीहरुको मुख्य पर्व वडादशैंको समयमा यात्रुहरु तोकिएको भन्दा झण्डै दोव्वर भाडा तिर्न वाध्य भएको गुनासो गरेका छन् । दुई महिना अगाडिको अकल्पनीय बाढीले थिलथिलो पारेको नुवाकोटका यात्रुहरु वडादशैंमा काठमाडौ जांदा र आउंदा साविकको भाडा भन्दा झण्डै दोव्वर तिर्न वाध्य हुनु परेको गुनासो गरेका छन् । नुवाकोटवाट काठमाडौं गएको यात्रुहरुले साविकमा टिकट दर अनुसार एक जनाको तीनसय ३० रुपैया भाडा तिर्दै आएपनि वडादशैंमा झण्डै ६ सय रुपैयासम्म भाडा तिर्न बाध्य हुनु परेको यात्रुहरुले गुनासो गरेका छन् ।

वडादशैंको विदामा काठमाडौवाट नुवाकोट आउने माछापोखरी–टोखा–छहरे–त्रिशूली, पासाङल्हामु मार्गको काठमाडौ–ककनी–त्रिशूली तथा वालाजु–थानकोट–गल्छी–देवीघाट–त्रिशूली चल्ने यातायातहरुले चाडपर्वमा मौकाको फाइदा उठाउंदै र क्यु फ्रिको फाइदा उठाउंदै वस, माइक्रो तथा अन्य यात्रुवाहक गाडीले टिकट नकाटी सेवा दिएको वहानामा झण्डै दोव्वर भाडा असुल गरिरहेको स्वयम यात्रीहरु गुनासो गर्छन् । चाडपर्वको वेलामा लामो दुरीमा मात्रै नभई छोटो दुरीको सार्वजनिक यातायातले पनि मनलाग्द िभाडा लिने गरेको यात्रुहरु पीडा सुनाउंछन् । नुवाकोटको बिदुरवाट स्कुल पढ्ने आफ्नो छोरा काठमाडौको माछापोखरीसम्म आएको पांचसय रुपैया तिर्नु परेको नुवाकोटको मदानपुर घर भई काठमाडौमा वसोवास गर्दै आएकी एक जना अभिभावकले नाम उल्लेख नगर्ने शर्तमा वास्तविकता खुलाइन् । के गर्नु आफ्नो मान्छे पर्व मनाउन आउनु परेको छ, यहि मौकामा गाडीवालाले धेरै भाडा असुल्छन्, मागेको जति भाडा तिर्ने प¥यो–उनले दुःखेसो गरिन् ।

के गर्नु बाढीको पीडामा पनि वर्षदिनको पर्वमा आफ्नो गन्तव्य जानै परेको छ, कसलाई गुनासो गर्नु, भाडा दोव्वर भन्छन्, जानै परेको छ, किन रिसइवी गर्नु भनेर एक जनाको सांढे पांचसय तिरेरै काठमाडौवाट आए–अर्का एक जना यात्रुले गुनासो गर्दैै वास्तविकता उजागर गरे । गन्तव्य प्रमुखता भएको छ अहिले, के गर्नु, उजुरी, गुनासो झगडा गर्नु भन्दा घरै जान उपयुक्त ठानेर मागेको जति भाडा दिइएको नुवाकोटको पिपलटारका अर्का यात्रु तितो यथार्त पोख्छन् । यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका जिम्मेवार कर्मचारीसंग जिज्ञासा राख्दा विभिन्न सार्वजनिक यातायातका साधनहरुले यात्रुहरुसंग वढि भाडा लिएको गुनासो कार्यालयमा आइरहेको वताउंछन । उजुरी दिएमा कानुन अनुसार कारवाही गरिने प्रशासनले प्रतिवद्धता जनाएको छ ।

वढि भाडा लिएको गुनासो आएपछि सरोकारवालाले विभिन्न समयमा छड्के निरीक्षण गर्ने गरेको छ । वढि भाडा लिएका यात्रुहरुलाई रकम फिर्ता पनि गर्ने गरिएको छ ।नुवाकोटवाट काठमाडौ प्रवेश गर्ने छहरे–टोखा सडकखण्डको वीचमा रहेको शिवपुरी–६ गुर्जे र काठमाडौ–गल्छी–देवघिाट सडकमार्गको देवीघाटमा आकस्मिक रूपमा छड्के चेकजाँच गर्नुपर्ने यात्रुहरुको माग रहेको छ । वढि भाडा असुल गरेका गाडीहरुलाई कारवाही गरिने जनाइएको छ । यातायात सन्चालकहरुलाई यात्रुहरुसंग सेवाको वहानामा मापदण्ड भन्दा वढि भाडा असुल नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले चेतावनी दिएको छ । यात्रुहरुले पनिे तोकिएको भन्दा वढि भाडा नतिर्न सचेत गराइएको छ ।












































