देवी मन्दिरहरुमा नवरात्रको अन्तिम दिन भक्तजनहरुको चलहपल

– बाढीको प्रभावकावीच पनि पुजाआजा र दर्शनका लागि भक्तजनहरुको घुइंचो
लोकखवर विशेष संवाददाता
२०८३ कार्तिक ४, मंगलवार २२:५०

बिदुर – वडादशैको नवौं दिन महानवमीको अवसरमा मंगलवार नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पूजाआजा गर्नेको चहलपहल भएको छ । बाढीको प्रभावकावीच पनि धार्मिक आस्थाका कारण सर्वसाधारण विभिन्न देवी मन्दिरहरु पुगिरहेका थिए । दुई महिना अगाडिको बाढीले तहसनहस पारेको कारण पीडाकावीच भक्तजनहरु भने मन्दिरमा थोरै मात्रामा पुगिरहेका थिए । नुवाकोटको विभिन्न स्थानका विविध कारणले गत वर्ष मन्दिर दर्शन गर्न नगएकाहरु यस वर्ष परिवारैसहित विभिन्न शक्तिपीठहरु पुगेका थिए ।

नुवाकोटको टाकुरोका रहेको प्रसिद्ध र महत्वपूर्ण भैरवी, देवीघाटमा रहेको जालपादेवी, वेलकोटमा रहेको निरञ्जना भगवति, बगुवामा रहेको पञ्चकन्या, सिमुटारमा रहेको इन्द्रायणी, बनदेवी, चोकदेको बागेश्वरीलगायतका मन्दिरमा नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पुजाआजा र दर्शनका लागी सर्वसाधारणको चहलपहल वढेको हो । घरायसी तथा विविध कारण गत वर्ष मन्दिर जान नपाएका भक्तजनहरु यस वर्ष मन्दिर पुगिरहेका थिए । वडादशैको नवरात्रको महानवमीका अवसरमा नुवाकोटको जालपादेवी मन्दिर, भैरवी मन्दिर, बेलकोटगढीको निरञ्जना भगवति मन्दिर लगायतका शक्तिपीठहरुमा पुजा आराधना गर्नेेहरुको भीड लागेको छ ।

यसबाहेक नुवाकोटको तारुका, बुधसिङ, दुइपिपल, भैरुमकोटलगायत स्थानमा रहेका कोट घरमा समेत पुजाआजा गरिएको छ । महानवमीमा नुवाकोटको भैरवी तथा बेलकोटको निरञ्जना भगवति मन्दिरमा, फूलपाती, कालरात्रि र महानवमीका दिन भव्य मेला लाग्दछ । मल्लकालमा निर्माण गरिएको भैरवी मन्दिरमा नुवाकोटको विभिन्न स्थानका अतिरिक्त राजधानी काठमाडौवाट समेत भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा भाकल गरेर दशैको समयमा पुजा अर्चना गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहिआएको छ । मन्दिर नजिकै रहेको दशैंैघर र तलेजु मन्दिरमा महानवमीको दिन विशेष पुजा हुने गरेको छ ।

वडादशैको महानवमीमा नुवाकोटको महत्वपूर्ण विभिन्न मन्दिरहरुमा पुजाआजा र दर्शनका लागी सर्वसाधारणको संख्या वढे पनि वलि दिने कार्य गतवर्षको भन्दा कम भएको मन्दिरका पुजारीहरु वताउंछन् । महानवमीमा नुवाकोटका तुलजा मौला, साततले दरवार अगाडिको मौला, लामपाटीमा रहेको छुट्टै मौला, कालिका मौलाका साथै भैरवी, जालपादेवी र इन्द्रायणी मन्दिरमा सरकारी तर्फवाट सातवटा रांगो, ६ वटा वोका एउटा भेडाको थुमाको वलि दिइएको छ । यस वर्ष नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पुजापाठ गर्नका लागि गत वर्षको भन्दा सर्वसाधारणको थोरै भीड लागेको छ । विजया दशमीको दिन सामूहिक रुपमा टिका लगाई दशंैघरमा राखिएको जमरा लगाउने प्रचलन रहेको पुजारी हरिमानंिसह डंगोलको भनाई छ ।

सर्वसाधारण पछिल्लो समयदेखि पशु वलि भन्दा पनि नरिवल चढाउनतर्फ आकर्षित भएको पाइएको छ । विभिन्न संघसंस्था तथा सर्वसाधारणले पनि पशु वली दिंदैमा धर्म नहुने निष्कर्ष निकाली नरिवल चढाउन लागेको पुजारीहरुको भनाई रहको छ । गत १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा नेपाल एकिकरणपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा वडादशैं पर्व विशेष रुपमा मनाउन सुरु गरेको पाइन्छ । वडादशैंमा नुवाकोटको विभिन्न देवी मन्दिरहरुमा सरकारीतर्फवाट पुजापाठ हुने गरेको छ । घटस्थापनाको दिनदेखि महानवमीसम्म नुवाकोटका विभिन्न शक्तिपीठहरुमा वोका, कुखुरा, हांसको वलि दिने गरिएको छ । मेला भर्न छिमेकी रसुवाका साथै काठमाडौं, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लाबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।

विदुर नपा २ नुवाकोटमा रहेको भैरवी मन्दिरमा ऐतिहासिक र धार्मिक रुपले समेत महत्वपूर्ण मानिने कारण वडादशैंको अतिरिक्त वैशाख पुर्णाीमालगायतका अवसरमा विशेष मेला लाग्ने गरेको स्थानीय वृद्ध यज्ञराज केसीको भनाई छ । यस वर्ष बाढीले जालपादेवी मन्दिर वगाएका कारण सोही स्थानमा अर्को प्रतिमा स्थापना गरेर पुजाआजा सुरु गरिएको छ । परिवर्तित समयसंगै सर्वसाधारणको धार्मिक आस्था वढेको पाइएको उनले वताए । भैरवी मन्दिर पांचसय वर्ष पुरानो भएका कारण यहां पुजाआजा गर्न आउनेहरु वढिरहेको स्थानीय युवा सामाजिक अगुवा महेन्द्रलाल श्रेष्ठको भनाई छ । महानवमीका अवसरमा नुवाकोटको भैरवी, जालपादेवीलगायतका शक्तिपीठमा पुजाआजाका लागि यातायातका सहज पहुंच भएका कारण काठमाडौंबाटसमेत सर्वसाधारण आउने गरेका छन् ।


सर्वाधिक रुचाइएको